☰ open Loading... 30 May 2024|  

नेपालगाथा अनलाइनकाे शुभारम्भ
  | १८ मंसिर २०७३, शनिबार १७:५४

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले nepalgatha.com को औपचारिक शुभारम्भ गरेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित शुभारम्भ कार्यक्रमलाई संबोधन गर्दै उनले देशको राष्ट्रियता र सार्वभौममाथि नै प्रहार भैरहेको बेला परिस्थिति सुहाउदो अनलाइनको शुभारम्भ गर्न पाउदा खुशी लागेकाे बताए ।

98_ishower_pokherel;

“वास्तवमा राम्रो कामको शुरुवात गर्न पनि कठिन छ अझ कठिन भनेको त्यसको निरन्तरता हो । देशको कठिन परिवेशको समयमा अनलाइन पत्रिका शुरु गर्नुभएको छ यसको निरन्तरताको कामना व्यक्त गर्दछु” महासचिव पोखरेलले भने ।

पछिल्लो राजनीतिक परिस्थितिको चर्चा गर्दै महासचिव पोखरेलले छिमेकी मुलुकसँग शिर झुकाउने होइनकी शिर ठाडो पारेर हिड्नु पर्ने बताए ।

“दुईसय वर्ष पहिले रोपिएको यो पींडाको बिऊको विरुद्धमा अब हामी उठ्नु पर्छ । राष्ट्रिय स्वाभिमानले शिर ठाडो पार्नुपर्छ, आत्म निर्भर बन्नुपर्छ । साँचो अर्थमा एक स्वतन्त्र मुलुक भएर हामीले बाच्न पाउनुपर्छ ” उनले थपे ।

संविधान संशोधन हुन्छ कि हुँदैन भनेर खण्ड खण्डमा विवाद गर्नु भन्दा यसको श्रृखलाको बारेमा बुझ्नुपर्ने धारणा राख्दै महासचिव पोखरेलले एमाले भारत र चिनसँगको सम्बन्धलाई सन्तुलित बनाएर अघि बढ्नुपर्छ भन्ने मान्यतामा दृढ रहेको धारणा राखे ।