☰ open Loading... 15 October 2024|  

प्रदेश ६ को विकासका लागि यस्ता छन् एमालेका योजनाहरु
  | १९ मंसिर २०७३, आईतवार १३:०८

नेकपा एमाले प्रदेश नम्बरको ६ को बृहत कार्यकता भेला शनिबार मात्रै वीरेन्द्रनगरमा सम्पन्न भएको छ । दुइ दिनसम्म चलेको भेलाले समग्र प्रदेश नम्बर ६ को विकास र समृद्धिका लागि एमालेले १४ वटा कार्यक्रमलाई प्राथमिकता राख्दा उपयुक्त हुन्छ भन्ने निष्कर्षसहित प्रारम्भिक घोषणा पत्र जारी गरेको छ ।

state6

मुख्यगरी आर्थिक विकास आधार तथा स्रोत र संभावना, भौतिक पूर्वाधार, शहरी तथा वस्ती विकास, उद्योगको विकास, पर्यटन र ऊर्जालाई प्राथमिकतामा राख्दा उपयुक्त हुने घोषणा पत्रमा उल्लेख छ ।

यस्तै, कृषि तथा पशुपंछी विकास, जडिबटी, शिक्षा तथा खेलकुद, स्वास्थ्य, भाषा, साहित्य, कला र संस्कृति, सुशासन, सञ्चार र नीजि तथा गैरसरकारी क्षेत्रलाई सक्षम र सवल बनाउन आवश्यक रहेको ठहर एमालेको छ ।

आईतबार वीरेन्द्रनगरमा प्रदेश संगठन कमिटी सुर्खेतले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको घोषणा पत्रमा संविधान कार्यान्वयनलाई जोड दिनु पर्ने बताएको छ ।

एमाले प्रदेश नम्बर ६ का सह-सहयाेजक यमलाल कंडेलले समग्र विकास र समृद्भिलाइ जाेड दिएर प्रदेशकाे नाम कर्णाली राख्ने प्रस्ताव गरिएकाे जनाकारी दिए । उनले भेलामा सहभागी १० जिल्लाका प्रतिनीधिहरूले प्रदेश ६ काे राजधानी सुर्खेत नै हुनु पर्नेमा एकमत भएकाले अनुमाेदन भएकाे उल्लेख गरे ।

समग्र प्रदेशकाे विकास गर्न र सक्षम प्रदेश बनाउन एमालले अनुमाेदन गरेका कार्ययाेजनाहरू कडाइका साथ लागु गर्न प्रदेशमा स्थापना हुने सभामा उठान गर्ने संयाेजक युवराज ज्ञवाललीले जानकारी दिए ।

एमालको प्रदेश नम्बर ६ को प्रदेश कमिटीले अनुमोदन गरेका मुख्य कार्यक्रमहरु

आधारभूत पूर्वाधरको विकास गर्नु पर्ने
हुम्लाको हिल्सा, मुगुको नाग्चे लाग्ला र डोल्पाको धो मोरिम्लामा सुख्खा बन्दरगाह निर्माण गर्न पहल गर्ने
युवा स्वरोजगारमा जोड
प्रत्येक गाउँपालिका र नगरपालिकामा बैंक तथा वित्तिय संस्था स्थापना गर्नुपर्ने
हालसम्म सडक सञ्जालले नछोएका जिल्ला डोल्पा र हुम्ला लोकमार्गलाई प्राथमिकतामा राख्नु पर्ने
उत्तर दक्षिण जोड्ने कर्णाली करिडोर र भेरी करिडोर निर्माणमा गर्नुपर्ने
सदरमुकाम जोड्ने राजमार्गलाई न्यूनतम मापदण्डका आधारमा दुइलेनमा स्तरोन्नति गर्ने
सुर्खेतमा अन्तर्राष्टिय विमानस्थल निर्माण गर्ने कार्यलाई जोड दिने
डोल्पको जुफाल र पहाडा, मुगुको ताल्चा, हुम्लाको सिमिकोट, रुकुमको चौरजहारी र सल्ले, जुम्ला, कालिकोटको कोटवाडाको विमानस्थललाई स्तरोन्नति गर्दै पूवाधारमा सक्षम बनाइने
जुम्लाको राष्ट्रिय विमानस्थाललाई हवाई हवको रुपमा विस्तार गर्ने