☰ open Loading... 30 May 2024|  

महिलाको अगुवाइमा बन्यो ‘खुसी गाउँ’
  | १९ मंसिर २०७३, आईतवार १७:२२

सुर्खेत, साटाखानी ७, लाम्टा“डीकी डिलसरा नेपालीको घर–वातावरण जति चिटिक्क छ । उनको पारिवारीक अवस्था पनि त्यत्तिकै गौरव गर्न लायक छ । ‘कहिल्यै लोग्ने–स्वास्नीबीच खटपट हु“दैन’ उनले भनिन्, ‘हामी आपसी सल्लाह गरेर घर–व्यवहार चलाउ“छौं । छोराछोरी पनि कुनै नराम्रो लतमा छैनन् । घरमा कुनै तनाव हुन्न । हा“सीखुसी बसेका छौं ।’ लाम्टा“डीमा खुसी घर बनाउने अभियानको सुरुवात डिलसराबाटै भएको हो । पति दिलकुमार स्थानीय गंगटे बजारमा सिलाइकटाई व्यवसाय सञ्चालन गर्छन् ।

घर–आंगन सफा, सुन्दर राख्ने, करेसाबारीमा तरकारी फलाउने, छोराछोरीको पढ्ने वातावरणमा कमी हुन नदिन डिलसराले ‘खुसी घर’ अभियान चलाएकी हुन् । उनको अभियानबाट प्रभावित भएर त्यहा“का ५३ घरधुरीका महिलाहरुले सिको गरे । सबैले आंगनमा फोहोर राख्ने टोकरी, भाडा राख्ने चाङ, शौचालय सफा राख्ने, बगैंचा बनाए । जुनतारा स्वाबलम्बन समूह गठन गरेर मासिक बचत गर्ने, खुसी घर, खुसी गाउ“ अभियान घोषणाको तयारी जुटेका छन् । समूहकी अध्यक्ष शोभा खाम्चाले गाविससंग समन्वय गरेर छिटै नमुना गाउ“ घोषणा गर्ने बताइन् ।

आफूहरुको प्रयासले खुलमखुल्ला जा“ड रक्सी पिएर होहल्ला गर्ने, जुवातास खेल्नेजस्ता काम बन्द भएको उनको दाबी छ । ‘हाम्रो अभियानमा पुरुष दाजुभाईको पनि साथ छ’ शोभाले भनिन्, ‘नत्र सिंगै गाउ“ यति रमणीय कहा“ बन्न सक्थ्यो होला ?’ प्रत्येक महिनाको १५ गते डिलसराकै घरमा समूहको बैठक बस्छ ।

लाम्टा“डीका सबै घरधुरीमा शौचालय थिएन । ‘रिफ्लेक्ट कक्षापछि बा“की घरधुरीमा शौचालय बनाउन लगाइयो’ स्थानीय भविसरा खाम्चाले भनिन्, ‘शौचालय निर्माणमा श्रमदान गरेर सहयोग ग¥यौं । बाटो–घाटोमा जथाभावी फोहोर फ्या“क्ने चलन हटायौं ।’ महिनामा दुई पटक बाटो सरसफाई गर्ने गर्छन् । दुषित पानीबाट लाग्ने रोगबाट बच्न सबैले घरमा फिल्टर किनेका छन् ।

2-first-khusi-ghar-surkhet

सन् २०१५ जनवरीदेखि स्ट्रोम फाउन्डेसनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) द्धारा सञ्चालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रमले खुसी घर, खुसी गाउ“ हु“दै लाम्टा“डीलाई नमुना गाउ“ घोषणा गर्न सहजीकरण गरिरहेको छ ।

कार्यक्रमकै सहयोगमा सम्वाद कक्षा, समुदायमा आधारित कोचिङ सेन्टर, रिफ्लेक्ट कक्षा सञ्चालित छन् । कार्यक्रम संयोजक दिनेश पोखरेलले नमुना गाउ“ बनाउन महिलाहरुको अग्रसरता प्रशंसनीय रहेको बताए ।

गाउ“मा कामैकामले गर्दा अधिकांश बालबालिकालाई पढ्ने वातावरण हु“दैन् । तर, यो लाम्टा“डी यस्तो गाउ“ हो जहा“ बिहानैदेखि सा“झसम्म बालबालिका पढाइमा व्यस्त हुन्छन् । समुदायमा आधारित कोचिङ सेन्टरमा बिहान–बेलुका पढाइ हुन्छ । घरमा पढ्ने वातावरण नहुने, होमवर्क गर्न सजिलो तथा नजानेको कुरा सहजकर्ताबाट सिक्न पाइने भएकाले बालबालिकाले कोचिङ सेन्टरलाई राम्रो उपयोग गरेका हुन् ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापाले कोचिङ सेन्टरले गर्दा विद्यार्थीहरुको पढाइ गुणस्तर सुधार भएको दाबी गरे । होमवर्क कोचिङ सेन्टरमै गर्ने हु“दा नियमित स्कूल आउने गरेका छन् । यसअघि होमवर्क गर्न नपाउ“दा विद्यार्थी स्कूलमा गयल हुने समस्या थियो । सेन्टरमा एकदेखि ६ कक्षासम्मका बालबालिका आउने गर्दछन् ।