☰ open Loading... 30 May 2024|  

भैरव मन्दिरमा सिसी क्यामरा जडान
  | २० मंसिर २०७३, सोमबार १३:२५

पाल्पाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल भैरवस्थानमा रहेको भैरव मन्दिरमा सुरक्षाका लागि सिसी क्यामरा जडान गरिएको छ ।मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या पछिल्लो समय बढ्दै गएपछि सिसी क्यामरा जडान गरिएको हो । मन्दिर कोषको रकमबाट मन्दिरका विभिन्न भागमा नौ वटा क्यामरा जडान गरिएको छ ।

रु दुई लाखको लागतमा व्यवस्थापन समितिले सो क्यामरा जडान गरेको बताइएको छ । सिसी क्यामरा जडान भएपछि दर्शनार्थी एवम् अवलोकनकर्ताले सर्तक ढङ्गले मन्दिरमा पूजाआजा गर्ने गरेका छन् । यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो त्रिशूल रहेका कारण पनि यहाँ दिनानुदिन दर्शनार्थीको सङ्ख्या बढ्दै जाँदा निगरानीका लागि क्यामरा जडान गरिएको हो ।