☰ open Loading... 30 May 2024|  

काँग्रेस पार्टी इतिहासकै कठिन घडीमा : नेता खड्का
  | २० मंसिर २०७३, सोमबार १९:१६

khum-bahadur-khadkaनेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रियता कमजोर बनाउने धारणा व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस बाँकेद्वारा साेमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “म अहिले पनि धर्म निरपेक्षता र सङ्घीयताको पक्षमा छैन, पार्टीले त्यसको पक्षमा गरेको निर्णय महाधिवेशन बैठकबाट सच्याउनुपर्छ ।”

नेपाली काँग्रेस अरु कुनै वादको पछि नलागेर विपीवादी हुनुपर्नेमा जोड दिँदै उनले अहिले पार्टीलाई बलियो बनाउनुपर्ने आवश्यकता छ, कार्यकर्ता नेतामुखी होइन पार्टीमुखी हुनुपर्ने धारणा राखे ।

“पार्टी अहिले इतिहासकै कठिन घडीमा छ, नेता बलियो र पार्टी कमजोर हुँदैछ, नेपाली काँग्रेस जब जब सरकारमा जान्छ पार्टी कमजोर हुन्छ, अब पनि यसको समीक्षा गरिएन भने हामी सिद्धिन सक्छौ’—उनको चिन्ता थियो ।

कार्यकर्ता भेटघाटका अवसरमा पार्टीका पूर्व जिल्ला अध्यक्ष सनत रेग्मी, युवराज शर्मा, गजेन्द्र हमाल, पूर्व सांसद मोहम्मदी सिद्धिकी र प्रचार समितिका प्रमुख कपिलदेव शर्माले पार्टीभित्र एकताको आवश्यकतामा जोड दिएका थिए ।