☰ open Loading... 14 December 2024|  

सेवा प्रदान गर्नु कर्मचारीको मुख्य कर्तब्य : मुख्य न्यायाधीश श्रेष्ठ
  | २१ मंसिर २०७३, मंगलवार १२:४५

उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश वमकुमार श्रेष्ठले राष्ट्रिय दायित्व बुझेर सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नु राष्ट्रसेवक कर्मचारीको मुख्य कर्तब्य रहने बताएका छन् ।

अफिसर्स क्लब तुल्सीपुरले सोमबार मुख्य न्यायाधीशसहित तुल्सीपुरस्थित विभिन्न कार्यालयका नवआगन्तुक कार्यालय प्रमुखले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीश श्रेष्ठले त्यस्तो कुरा बताएका हुन् ।

मुख्य न्यायाधीश श्रेष्ठले राष्ट्रसेवक कर्मचारीको कामले नै सेवाग्राहीले सेवा प्राप्त गर्ने र सरकारको गरिमा बढ्ने भन्दै आफूलाई राज्यले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक बहन गर्न कार्यक्रममा उपस्थित तुल्सीपुर क्षेत्रका सरकारी कार्यालयका प्रमुखलाई आग्रह समेत गरे ।

सो अवसरमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुरका प्रमुखसहित विभिन्न पाँचवटा कार्यालयका प्रमुखलाई स्वागत गरिएको थियो । स्थानीय उद्योग वाणिज्य सङ्घ तथा तुल्सीपुर नगरपालिकाको संयुक्त पहलमा भइरहेको ‘क्लिन तुल्सीपुर ग्रिन तुल्सीपुर’ अभियान हामी सबैको हो ।

हामी यहाँ रहँदासम्म राम्रो कामलाई साथ सहयोग दिनु राष्ट्रसेवक कर्मचारीको कर्तब्य रहने मुख्य न्यायाधीश श्रेष्ठले बताए । ‘क्लिन तुल्सीपुर ग्रिन तुल्सीपुर’ सरसफाइ अभियानअन्तर्गत आज हुने १६ औँ हप्ताको नेतृत्व अफिसर्स क्लब ‘क्लिन तुल्सीपुर ग्रिन तुल्सीपुर’ले लिने सो अवसरमा जानकारी गराइएको थियो ।

क्लबका महासचिव नारायणी रजौरेले ‘क्लिन तुल्सीपुर ग्रिन तुल्सीपुर’ क्षेत्रका दर्जन बढी सरकारी तथा अर्धसरकारी निकायको संयुक्त पहलमा भएको क्लिन तुल्सीपुर ग्रिन तुल्सीपुर अभियानअन्तर्गत आज सरसफाइ अभियानको नेतृत्व अफिसर्स क्लबले लिएको जानकारी दिए ।