☰ open Loading... 3 May 2024|  

द्वन्द्व व्यवस्थापनमा पत्रकारिताको महत्व धेरै छ : लम्साल
  | २१ मंसिर २०७३, मंगलवार १८:१७

द्वन्द्वलाई व्यवस्थापन गर्नका लागि पत्रकारिताको महत्व धेरै हुने स्थानीय विकास अधिकारी अमृत लम्सालले बताएका छन् । सेन्टर फर मिडिया फ्रिडमले मंगलबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन गरेको द्वन्द्वोत्तरको समयमा पुर्नमिलन सम्बन्धी तालिममा अधिकारी लम्सालले यस्ताे बताएका हुन् ।

talim

दुई दिनसम्म सञ्चालन हुने तालिमले पत्रकारको सीप र क्षमतामा वृद्धि हुने अपेक्षा गर्दै अधिकारी लम्सालले पत्रकारहरुले द्वन्द्व पत्रकारिता गर्दा संवेदनशील हुनु पर्ने सझाव दिए ।

यसैगरी वरिष्ठ पत्रकार विनोद ढुङ्गेलले द्वन्द्व पत्रकारिता तालिमले पत्रकारलाई संवेदनशील बनाउदै पुर्नमिलनका लागि सहयोग गर्ने बताए । उनले द्वन्द्व पत्रकारिता युद्धमा मात्र हुने नभइ प्रत्येक समाज र परिस्थितिमा पत्रकारका लागि महत्वपूर्ण हुनेमा जोड दिए ।

कार्यक्रममा प्रेस युनियन सुर्खेत शाखाका सचिव गणेश कार्कीले कुरा मात्र गर्ने पत्रकारको संख्यालाई घटाउनका लागि यो पत्रकारिता तालिम महत्वपूर्ण हुने बताए । उनले पत्रकारलाई हेर्ने समाजको नजर परिवर्तन भएकाले यसलाई सच्चाउने जिम्मेवारी पनि पत्रकारको नै भएको उल्लेख गरे ।

यसै गरी प्रेस चौतारी नेपाल सुर्खेत शाखाका अध्यक्ष सूर्यप्रकाश कंडेलले द्वन्द्व पत्रकारिता सैद्धान्तिक भन्दा पनि व्यवहारिक हुने भएकाले तालिम निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रेस सेन्टर सुर्खेतका अध्यक्ष प्रकाश पौडेलले द्वन्द्वको समयमा भन्दा पनि द्वन्द्व पछिको समयमा गरिने पत्रकारिताले समाजमा धेरै प्रभाव पार्ने भएकाले यसका बारेमा संवेदनशील हुनुपर्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुर्खेतका १७ जना पत्रकारहरुको सहभागिता छ । तालिमका सहजीकरण वरिष्ठ पत्रकार विनोद ढुंगेल र अधिवक्ता नन्द भण्डारीले गर्नेछन् ।