☰ open Loading... 19 September 2024|  

भारतीय आडमा मधेसी नेताले स्वाभिमान जलाए : एमाले उपाध्यक्ष रावल
  | २२ मंसिर २०७३, बुधबार १८:१२

नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावलले मधेसी नेताले भारतीयको आडमा संविधान जलाउनु भनेको कागज नभएर नेपालको स्वाधिनता र राष्ट्रियता जलानु भएको बताएका छन् ।

bhim-rawoal-1

नेकपा एमाले जिल्ला कमिटी बाजुराले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै रावलले भारतीय नागरिकलाई नेपालमा ल्याएर एक हातले सिन्दुर र अर्को हातले नागरिकता दिने तयारी संविधानबाट नै गर्न खोजेको आरोप रावलको छ ।

‘अंगिकृत नागरिकता लिएका व्यक्ति नेपालको पक्षमा नै हुन्छ भन्ने के ग्यारेन्टी छ ?’ उहाँले प्रश्न गरे । रावलका अनुसार यो योजनावद्ध र संविधानबाट नै राष्ट्रियता कुल्चन खोज्ने प्रयास हो ।

प्रचण्ड नेतृत्व सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावमा प्रदेश नं ४ र ५ को विभाजन विना आधार गरेको उनको भनाई छ । ‘मधेसका नागरिकका लागि भनिएको संविधान संशोधन विरुद्ध मधेसकै नागरिक लागेका छन्’ उनले भने–‘अहिलेको सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएर देशमा अन्यौलता र द्वन्द्व निम्त्याउन खोजेको छ ।’

अहिलेको सरकारले सक्ने भए निर्वाचनको मिति घोषणा गरोस्, हामी त्यसलाई सम्मानका साथ स्वीकार गर्छौं भन्दै रावलले चुनावमा जान्छौ र जनताको शक्तिले देश बिखण्डन गर्नेहरुलाई धुलो चटाउने दावी गरे ।