☰ open Loading... 16 February 2025|  

प्रधानमन्त्रीको प्रश्न,–‘कालो टालो देखाउनु हुन्न भन्ने केपी ओली किन उग्र ?
  | २३ मंसिर २०७३, बिहीबार १८:२५

अरुले विरोध गर्दा कालो टालो देखाएर केही हुँदैन भाषण गर्ने पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली किन उग्र हुनु भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रश्न गरेका छन् ।

puspakamal-dahal

‘कसैले विरोधमा कालो टालो देखाए भने कालो टालो देखाउन छाड्नुस्, बाटो खन्न लाग्नुहोस् ओलीले भन्नु हुन्थ्यो, आज आफै आफ्ना कार्यकर्तालाई कालो टालो देखाउन उक्साउनु भएको छ, यस्तो किन ओली ज्यू’ प्रधानमन्त्री दाहालको प्रश्न छ ।

सुदूरपश्चिम महोत्सवका प्रधानमन्त्रीलाई बुधबार कालो टालो देखाएपछि यसको जवाफ सुर्खेत आएर दिएका हुन् । ‘मैले पनि एमालेका कार्यकर्तालाई भन्छु देश निर्माणमा जुट्नुहोस्, कालो टालो अव नदेखानुहोस्’ प्रधानमन्त्री दाहालले थपे ।

बिहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६, अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्न सुर्खेत आइपुगको प्रधानमन्त्री दाहालले अव सवै दल एकमत भएर संविधान कार्यान्वयन गर्दै निर्वाचनमा लाग्नु पर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले जस्तो सुकै कठिन परिस्थितीमा पनि आफ्नै सरकारले निर्वाचन गरेरै छाड्ने दावी गरेका छन् ।

‘संशोधन प्रस्ताव फिर्ता हैन परिमार्जन होला’

हिमाल, पहाड र तराईका सवै जातजाती समुदायका मागहरुलाई सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको जिकिर गरेका छन् ।

‘एमालले पहिला नै प्रदेश नम्बर पाँचको पुरानो खाँकामा सात पटक हस्ताक्षर गरेको छ’ प्रधानमन्त्री दाहालले भने,–‘पुरानै खाकामा टेकेर संविधान संशोधन प्रस्ताव ल्याएको हुँ, यो फिर्ता हुँदैन बरु परिमार्जन हुन्छ ।’

प्रदेश नम्बर पाँच आफू एक्लै नटुक्राएको र पहिला राजनीतिक दलहरुले गरेको सहमति पत्रमा टेकेर केही जिल्लाहरु अनेत्रै गाभेको दावी प्रधानमन्त्रीको छ ।

प्रधानमन्त्री दाहालको प्रश्न छ,–‘एमाले अध्यक्ष ओलीले हस्ताक्षर गर्दा राष्ट्राघाती नहुने, मैले केही जिल्लालाई टुक्राएर संशोधन प्रस्ताव ल्याउँदा कसरी राष्ट्राघाती भयो ?