☰ open Loading... 20 September 2024|  

आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’
  | २४ मंसिर २०७३, शुक्रबार १०:२९

होराइजन वोर्डिग स्कुलमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालिका समिक्षा आचार्यको सुर्खेत उद्योग वाणिज्य संघद्वारा आयोजित अन्र्तराष्ट्रिय व्यापार मेला ‘कर्णाली एक्स्पो १६’ को ¥यालीमा सहभागी भएको समयमा मृत्यू भयो ।

back-samikxya

अर्घाखाँची घर भई सुर्खेतमा व्यवसाय गरि बसेका मृतक बालिका समिक्षाकी आमा चन्द्रकला आचार्यले भने यसलाई हत्याको रुपमा लिएकी छिन । बिहिबार साँझ सिद्वदर्शन दैनिक उनको निवास पुग्दा भावविह्वल अवस्थामा रहेकी मृतककी आमा आचार्यले विद्यालयकै कारणले आफूले छोरी गुमाउनु परेको भन्दै अब उपरान्त अरु कसैले यसरी सन्तान गुमाउनु नपरोस भन्दै भावहिल भइन् ।

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

वालिकाकी आमा आचार्यका अनुसार होराइजन वोर्डिगं स्कुलले आफ्नी छोरीलाई ¥यालीमा सहभागी नभए स्कुलबाटै निकालिदिने नभए फेल गराइदिने धम्कि दिइएको हुदाँ छोरी उक्त ¥यालीमा सहभागी भएकी भन्दै छोरीको रोगका कारण मृत्यु नभई विद्यालयका शिक्षकहरुको दबाबका कारण ¥यालीमा सहभागि भई मृत्युवरण गर्नुपरेको बताइन ।

उनले विद्यालयले तोकेको समयमा उपस्थित भई सहभागिता नजनाए फेल गर्ने भनेर धम्कि दिएको बताउँदैै आफुले छोरी कमजोर भएको र घरमै शिक्षक राखेर पढाँउछु भन्दा पनि नमानेको बताइन ।

स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

उनले यस्तो प्रकारको घटना घटेपश्चात ¥यालीमा सहभागी गराउने विद्यालय तथा आयोजक उद्योग वाणिज्य संघ सुर्खेतले कुनै पनि प्रतिक्रिया नजनाएको बताइन । उनले भनिन ‘म कहाँ कोही भेटन पनि आएको छैन ।’

सुर्खेत उद्योग वाणिज्य संघले मृतकप्रति श्रद्वाञ्जली व्यक्त गर्न विज्ञप्ति निकालेको बारे प्रश्न गर्दा, उनले प्रति प्रश्न गरिन ‘विज्ञप्ति निकाल्दैमा छोरी फिर्ता आँउछ र ?’

छोरीले नचाहदा नचाहदै ¥यालीमा सहभागि गराउने विद्यालय र शिक्षकहरुलाइ कारवाही गर्नुपर्ने उनको माग छ । उनले थपिन ‘विद्यालयमा हरेक विषयमा अभिभावकहरुलाई दबाव दिने र बालबालिकालाई पनि अनावश्यक धम्की दिने परिपाटीको अन्त्य होस ।’