☰ open Loading... 4 November 2024|  

अफिम कारोवारीलाई १६ बर्ष कैद
  | २४ मंसिर २०७३, शुक्रबार १२:१३

लागु औषध अफिम(ब्राउनसुगर) कारोवारीमा संलग्न दुई जनालाई जिल्ला अदालत जाजरकोटले जनही आठ लाख नगद सहित १६ बर्ष जेल सजाय सुनाएको छ । जिल्ला न्यायधिस लिलाराज अधिकारीको एकल इजलासले लागु औषध ऐन २०३३ अनुसार जाजरकोट नायकवाडा ६ का निमबहादुर सिह र नायकवाडा ८ का कुशबहादुर महतारालाई उक्त सजायको फैसला गरेको हो ।

त्यस्तै मतियारको रुपमा काम गरेका तकसेरा १ रुकुमका टेकवीर बुढालाई ८ लाख रुपैया जरिवाना सहित १० बर्ष कैद सजाय गरिएको छ । उनीहरुलाई गत असार २२ गते एक किलो चार ग्राम अफिम सहित रंगेहात प्रहरीले जाजरकोट खलंगाबाट पक्राउ गरेको थियो । अफिमको मुख्य कारोवारी सँग लैजाने क्रममा विशेष सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

अफिमबाट लागु औषध ब्राउनसुगर बन्ने गर्दछ । जाजरकोट तथा रुकुमका केही भागमा अफिमको खेती हुने गरेको र यहाँको अफिम देशका ठुला शहर हुदै भारत लगायतका देशमा निर्यात हुने गरेको प्रहरीको भनाई छ ।

जाजरकोट प्रहरीले गत बैशाखमा जिल्लाको खगेनकोट , रग्दा र भगवति गाविसमा लगाईको १० रोपनी अफिम खेती नष्ट गरेको थियो । पुर्पक्षका लागी थुनामा रहेका तीनै जनालाई फैसला पछि कारागार चलान गरिएको छ ।