☰ open Loading... 19 April 2024|  

शीतलहरले पश्चिम तराइकाे जनजीवन प्रभावित
  | २४ मंसिर २०७३, शुक्रबार १२:४५

केही दिन देखिको हुस्सु तथा कुहिरोसंगै चलेको शीतलहरकार र कठ्याङ्ग्रिने जाडोले कैलाली, कञ्चनपुर, बर्दिया, दाङ लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

दिनहुँ घाम नदेखिने गरी लाग्ने हुस्सु र शीतलहरका कारण बढेको जाडोले वृद्धवृद्धा, विद्यालयका छात्रछात्रा र मुक्तकमैया प्रभावित भएका छन् ।

फायल तस्वीर
फायल तस्वीर

जाडो बढेकाले न्यानोका लागि आगो ताप्न दाउरा अभावको समस्या सर्वसाधारणले झेलिरहेका छन् ।  शीतलहर अझै केही दिन यथावत् रहेमा गोलभेँडा, आलु तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको सङ्क्रमण देखिने कृषि प्राविधिकले बताएका छन् ।

यहाँ चार दिन अघिसम्म न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस आसपास रहेकामा न्यूनतम् तापक्रम बढ्दै जाँदा हिजोआज ८ डिग्री सेल्सियसको आसपास पुगेको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय प्रमुख राममणि मिश्रले बताए ।

निरन्तर लाग्ने हुस्सुका कारण आकासबाट देखिने अवस्था कम भएकाले हवाई उडान समेत प्रभावित हुने गरेको विमानस्थल कार्यालयका प्रमुख छविसिं ठकुल्लाले जानकारी दिए ।