☰ open Loading... 12 July 2020|   आइतवार, असार २८, २०७७

बन्दले जनजीवन प्रभावित

  |

सीमाङ्कनमा असहमति राख्दै आन्दोलनमा उत्रिएका थरुहट÷थारुवान सङ्घर्ष समितिले गरेको बन्दका कारण शुक्रबार पनि कैलालीको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण यातायात, व्यापार, व्यवसाय, शैक्षिक संस्था ठप्प भएपछि जनजीवन समेत प्रभावित बनेको हो ।  आज पनि धनगढी बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी तथा मालबाहक साधन चल्न सकेका छैनन् ।

सङ्घर्ष समितिले कञ्चनपुरदेखि नवलपरासी जिल्लासम्मको क्षेत्रलाई थरुहट थारुवान प्रदेश बनाउन माग गर्दै आएको छ । पछिल्लो पटक सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा सङ्घर्ष समितिले असहमति राख्दै आएको छ ।

तीन दिनदेखि यहाँ एकपछि अर्को गर्दै भइरहेका बन्दका कार्यक्रमबाट बुधाबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव समेत प्रभावित भएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २४, २०७३     12:49:52 PM
error: Content is protected !!