☰ open Loading... 26 April 2024|  

मुगुमा विरोध प्रदर्शन
  | २४ मंसिर २०७३, शुक्रबार १२:५९

सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले सरकारमार्फत गत मंसिर १४ गते संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्तावका विरुद्भ मुगुमा नेकपा (एमाले)ले विरोध प्रदर्शन गरेको छ ।

birodha
एमाले जिल्ला कमिटीले आयोजना गरेको विरोध प्रदर्शनमा भ्रातृ सङ्गठन र पार्टी गाउँ तथा जिल्ला कमिटीका सदस्यको सहभागीता रहेको थियो । विरोध प्रदर्शनमा राष्ट्रघाती संशोधन प्रस्ताव फिर्ता गर, स्थानीय चुनाव घोषणा गर, नेपाल हामी सबैको हो, कसैको विर्ता होइनजस्ता नारा लगाइएका थिए ।

गमगढीबजार परिक्रमापश्चात् गमगढीस्थित जिविस चोकमा गरिएको विरोध सभामा एमालेका मुगु कमिटी अध्यक्ष धर्मबहादुर शाही, सचिव जितबहादुर मल्ल, पूर्वसांसद चन्द्रबहादुर शाहीले लगायतका जिल्लास्तरीय नेताहरुले बोलेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष शाहीले वर्तमान सरकार आफैँ नचलेर कसैको इसारामा चलेकाले राष्ट्रघाती प्रस्ताव सदनमा पेस गरेको बताए ।

यसैगरी, पूर्वसांसद चन्द्रबहादुर शाहीले नेपाललाई फिजी तथा सिक्किमीकरणको पूर्वअभ्यास स्वरुपका कार्य हुँदै गएको र त्यसको नेतृत्व वर्तमान प्रधानमन्त्रीले गरेको आरोप लगाउँदै संसद्मा पेस भएको प्रस्ताव फिर्ता नहुन्जेल सशक्त विरोधका कार्यक्रममा सहभागिताका लागि कार्यकर्तालाई तयार रहन आग्रह गरेका थिए ।