☰ open Loading... 7 September 2024|  

समीक्षा मृत्यु प्रकरण : छानबिनको माग गर्दै काठमाडाैंमा प्रदर्शन
  | २४ मंसिर २०७३, शुक्रबार १९:३३

pardarson
छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले काठमाडाैंमा गरेकाे प्रदर्शन ।

कर्णाली एक्स्पाे २०१६ : अन्तर्राष्ट्रय मेलाकाे उद्घाटन समाराेहमा निकालिएकाे र्यालीमा गएकाे बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले काठमाडाैंमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले रत्नपार्कमा उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनीपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालय बन्द गरेर विद्यार्थीलाई स्वागतमा लगाउनु गैरजिम्मेवार हो भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए । बिहीबार महाेत्सवकाे र्यालीमा सहभागी हुन गएकाे बेला होराइजन बोर्डिङ स्कुल सुर्खेत, कक्षा ९ की आचार्यको निधन भएको थियो ।

पढ्न छुटाउनु भयाे की ?

महोत्सव र्यालीमा मृत्यु भएकी समीक्षाको अन्त्यष्टी

समिक्षा मृत्युप्रकरण : मानवअधिकार आयोगले थाल्यो छानविन

आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु