☰ open Loading... 19 April 2024|  

कानुन व्यवसायी गिरीकाे दुर्घटनामा मृत्यु
  | २५ मंसिर २०७३, शनिबार ०९:५२

giriबर्दियामा भएकाे माेटरसाइकल दुर्घटनामा राप्रपा नेपाल जिल्ला कार्यसमिति सुर्खेतका सदस्य तथा कानुन व्यवसायी राजेन्द्रकुमार गिरीकाे मृत्यु भएकाे छ ।

 अाफन्तकाे विवाहमा सहभागी हुन भुरिगाउँ जाँदै गरेका गिरीकाे नेपाली सेनाकाे सैनावर पाेष्ट नजिकै माेटरसाइकल दुर्घटना हुँदा मुत्यु भएकाे इलाका प्रहरी कार्यालय भुरिगाउँले जानकारी दिएकाे छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनवार चेकपोष्ट नजिक गिरी सवार भे ३ प ९१६५ नम्बरको मोटरसाइकल दुर्घटना भएकाे थियाे ।

दुर्घटनाकाे एकिन नभएपनि विपरित दिशाबाट गएकाे सवारी साधनले ठक्कर दिएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।

सुर्खेत बिरेन्द्रनगर–३ कालागाउँ निवासी ४३ वर्षीय गिरी राप्रपा नेपाल सुर्खेतका सञ्चारप्रतिनिधि हुन् ।

दुर्घटनामा गम्भीर घाइते गिरीकाे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा गए राति ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जानकारी जानकारी दिएकाे  छ ।