☰ open Loading... 25 April 2024|  

बाघको आक्रमणबाट दुई जना घाइते
  | २५ मंसिर २०७३, शनिबार १०:२३

बर्दियाको ओराली बजार नजिकको जंगलमा बाघको आक्रमणबाट दुई जना घाईते भएका छन् ।  घर फर्किँदै गर्दा बेलुवा र ओराली बजारको बिचमा पर्ने बनसप्ती जंगलमा हिजो आझँ अन्दाजी ५ बजे बेलुका बाघले आक्रमण गरी घाईते बनाएको हो ।

बाघको आक्रमणबाट ढोढरी ९ भगतपुरका कस्तुरी थारु र खैरीचन्दनपुर ४ का धनबहादुर थारु घाईते भएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।  बाघको आक्रमणबाट घाईते दुई जनाको हातमा घाउ भएको र हाल भेरी अंचल अस्पताल नेपालगंजमा थप उपचार भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।