☰ open Loading... 29 September 2020|   मङ्लबार, अशोज १३, २०७७

निःशुल्क गर्भपतन सेवा सुरु

  |

दुई स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ ।  हाल जिल्ला अस्पताल लिवाङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सो सेवा सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख डा भवानी शर्माले जानकारी दिए ।

बाह्र हप्तासम्मको अनिच्छित गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थामार्फत गर्भपतन गर्न पाउने कानुनी प्रावधान छ । सेवाका लागि सरकारले प्रतिव्यक्ति रु ८०० अनुदान दिएको छ । “उक्त रकम अपुग हुने देखिएका कारण थप रकमका लागि स्वास्थ्य सेवा विभागमा माग गरेका छौँ” डा शर्माले भने ।

गत शुक्रबारदेखि सुरु गरिएको सो सेवालाई जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार गरिने बताइएको छ । सुलिचौरमा समेत सेवा विस्तारका लागि स्वास्थ्यकर्मीलाई तालिम लिन पठाइएको जनाइएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर २६, २०७३     1:12:38 PM
error: Content is protected !!