☰ open Loading... 3 May 2024|  

६ घण्टापछि खुल्याे रत्नराजमार्ग, भाेलीदेखी अनिश्चित बन्दकाे अाह्वान
  | २८ मंसिर २०७३, मंगलवार १९:१०

सुर्खेत । दिउसो १ बजेबाट अवरुद्ध रत्न राजमार्ग ६ घण्टापछि मंगलबार साँझ साढे ६ बजेबाट खुलेको छ । सुर्खेत कल्याण–९ कुमिरेका फर्मिला रावतलाई जीपले ठक्कर दिँदा मृत्युभएपछि आफन्तहरुले दिउसो १ बजेबाट रत्न राजमार्ग अन्तरगत धुलियाविट–छिन्चु सडक खण्डको धुलियाविटमा आफन्तले सडक अवरुद्ध गरेका थिए ।

rode-banda
धुलियाविटमा जम्मा भएका मृतक रावतका अाफन्तहरू ।

सडक अवरुद्ध हुँदा वीरेन्द्रनगर आउने र बाहिरीने झण्डै तीनसय बढी सवारी सडक सुचारू भएपछि गन्तब्य लागेका छन् । यही मंसिर २६ गते विहान ९ बजे कल्याणबाट तरकारी विक्री गर्न वीरेन्द्रनगर आउँदै गरेकी रावतलाई सुब्बाकुना नजिकै रारा कर्णाली यातायातको क १ ज २ नं. को जीपले ठक्कर दिएको थियो ।

रावतकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । अाफन्तले उचित क्षतिपूर्ति र चालकलाइ कारवाही नगर्दासम्म रावतकाे शव नुबझ्ने बताएका छन् । सुब्बाकुना प्रहरी चौकीदेखी १ किलोमिटर अगाडी रावतलाई जीपले ठक्कर दिएको थियो । पुनः सोही जीपमा चढाउने भन्दै चालकले रावतलाई लछार्दै प्रहरी चौकीसम्म ल्याएर हत्या गरेर मारेको आरोप आफन्तहरुको छ ।

‘जिपले ठक्कर मात्रै दिएको थियो, खासै चोट लागेको थिएन’ मृतक रावतका बहिनी ज्वाइ घनश्याम थापाले भने,–‘जीपमा राम्रोसंग बस्न नदिएर उहाँलाई चालकले हत्या गरेर मार्यो कडा कारवाही नहुञ्जेल आन्दोलन रोक्दैनौं ।’

विहान पाँच बजेबाट अनिश्चित सुर्खेत बन्द

आफन्तहरुले दोषिलाई कडा कारवाही नगरुञ्जेल आन्दोलन जारी राख्ने बताएका छन् । सवारी चालक र मालिक स्वंयम आएर वार्ता नगर्दासम्म कडा आन्दोलन गर्ने थापाको भनाई छ ।

‘अाज (मंगलबार) चेतावनी स्वरूप केही घण्टा सडक अवरूद्भ गरेका हाैं’ थापाले भने,-‘भाेली (बुधबार) देखि माग पूरा नहुञ्जेलसम्म अनिश्चित राजमार्ग बन्द गर्नेछाैं ।’

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई निकास खोज्दिन आग्रह गर्दापनि कुनै सुनुवाइ नगरेको आफन्तहरुको आरोप छ ।

रावतको मृत्यु भएपछि कल्याण, दशरथपुर र रामघाटबाट आफन्तहरु वीरेन्द्रनगर आएका छन् । मृतक रावतकाे शव पाेष्टमार्टमका लागि क्षेत्रीय अस्पताल कालगाउँमा राखिएकाे छ ।