☰ open Loading... 3 May 2024|  

चार पत्रकार सम्मानित
  | २८ मंसिर २०७३, मंगलवार १९:३९

बर्दिया । हात्ती पुजा तथा हात्ती मेला कार्यक्रममा बर्दियाका तीन जना पत्रकारलाई सम्मान गरिएको छ । बर्दिया निकुञ्जको जैविक विविधता संरक्षणका र चोरी शिकार नियन्त्रण युवा परीचालन अभियानका युवाहरुले गरेको कामको बारेमा संचारमाध्यममा समाचार सम्प्रेषण गरेको भन्दै उनीहरुलाई मंगलबार कदर पत्र सहित सम्मान गरेको हो ।

?

सम्मानित हुनेमा उज्यालो ९० नेटवर्कका बर्दिया सम्वाददाता एवं नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष भावुक योगी, कान्तिपुर सम्वाददाता कमल पन्थि, ईमेज टेलिभिजन सम्बाददाता यादव आचार्य छन् ।

पत्रकार नगेन्द्र उपाध्याय सुर्खेतमा सम्मानित

नागरिक दैनिकका सुर्खेत सम्वाददाता नगेन्द्र उपाध्याय सम्मानीत भएका छन् । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) को १३औं जिल्ला अधिवेशनबाट उपाध्यायलाई सम्मानीत भएका हुन् ।

nagendra-1

समग्र शिक्षा क्षेत्रमा पत्रकारिता मार्फत सहयोग पु¥याएवापत उपाध्यायलाई सम्मान गरिएको प्याव्सन सुर्खेतका अध्यक्ष नैनसिंह खत्रीले बताए । यस्तै, संस्थाको जग्गा खरीदमा सहयोग गरेवापत उपेन्द्रबहादुर खड्कालाइ पनि सोही अवसरमा सम्मान गरिएको थियो ।