☰ open Loading... 19 June 2024|  

दोधारा चाँदनीमा दुई पक्कीपुल निर्माण हुने
  | २९ मंसिर २०७३, बुधबार ०९:५२

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चालु आवभित्रै निर्माण कार्य पूरा गर्नेगरी दुईवटा पक्की पुल निर्माण हुने भएका छन् ।

नगरपालिकाका वडा नं ५ र ६ जोड्ने भट्टिनालामा र सोही नगरपालिका–१ र २ को मलरियानाला पक्की पुल बन्ने भएका हुन् । मलरिया नालामा रु चार करोड ६४ लाख २५ हजार छसय २९ र भट्टिनालामा रु पाँच करोड २८ लाख ३६ हजार दुईसय ८० को लागतमा पुल निर्माण हुने नगरपालिकाका कार्यकारी अधिकृत महेश बमले बताए ।

दुवै खोलामा पक्की पुल बन्ने भएपछि यस क्षेत्रका बासिन्दाले खोला तर्नुपर्ने समस्या हटेर जाने उनले बताए । खोलामा पुल नहुँदा बर्षातका बेला बालबालिकालाई विद्यालय जान, स्थानीय समुदायलाई आवश्यक वस्तुको जोहो गर्न र ओहरदोहर गर्न निकै समस्या थियो”, अधिकृत बमले भने, “पुल निर्माणपछि यस क्षेत्रका बासिन्दाले सहजरुपमा जीवनयापन गर्न पाउने भएका छन् ।”  दुवै पुलको मङ्गलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शिलान्याससमेत गरेका थिए ।