☰ open Loading... 15 September 2024|  

बन्दका कारण बाँके र बर्दियाको जनजीवन प्रभावित
  | १ पुष २०७३, शुक्रबार १३:१९

बर्दिया । सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरेर प्रदेश नम्बर ५ टुक्राउन लागेको भन्दै नेकपा एमाले, जनमोर्चा नेपाल र नेमपा माले ले आज देखि तीन दिनका लागि ५ नम्बर प्रदेशका जिल्लामा बन्द आह्वान गरेका छन ।

banda-bardiya
बन्दका कारण बर्दियासहित बाँके, दाङ लगायतका जिल्लाहरुको जनजीवन प्रभवित भएको छ । बर्दियाका मुख्य बजार गुलरिया, मैनापोखर, सानोश्री, राजापुरका सम्पुर्ण पसलहरु बन्द छन भने पुर्वपश्चिम राजमार्ग र बर्दिया देखि चल्ने सानो तथा लामो दुरिका सवारी साधन समेत बन्द रहेका कारण जनजिवन प्रभावित भएको छ ।

संशोधन प्रस्ताव फिर्ता र स्थानीय तहको निर्वाचन छिटै गर्नका लागी दवाव स्वरुप आजदेखि ३ गते सम्म ५ नम्बर प्रदेशका जिल्ला बन्दको गरिएको नेकपा एमाले बर्दियाका अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए । बन्दका कारण शिक्षण संस्था र कलकारखाना समेत बन्द छन ।

यता, बाँकको नेपालगञ्जमा बन्द अवज्ञा गरेको आन्दोलनकारीले एक मोटरसाइकल तोडफोड गरेका छन् । बन्दमा मोटरसाइकल चलाएको भन्दै बन्दकर्ताले पुष्पलाल चोक नजिकै सरकारी मोटरसाइकलमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट भे १ ब ५६३ नम्बरको मोटसाइकलको अगाडिको भाग पुर्ण रुपमा क्षती भएको छ । नेपालगन्जबाट छुट्ने छोटो तथा लामो दुरीका यातायात साधन चलेका छैनन् ।