☰ open Loading... 23 February 2024|  

दुई करोड बढी राजस्व सङ्कलन
  | १ पुष २०७३, शुक्रबार १४:४९

नवलपरासी । महेशपुर छोटी भन्सार कार्यालयले चालु आवको हालसम्म रु दुई करोड ४२ लाख राजस्व सङ्कलन गरेको छ ।  चालु आवको साउनदेखि मङ्सिर २७ गतेसम्म उक्त राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनमा रु ७२ लाख, भदौमा रु ८१ लाख ५० हजार, असोजमा रु ७१ लाख तथा कात्तिकमा रु २६ लाख राजस्व सङ्कलन भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष २४ प्रतिशतले राजस्व वृद्धि भएको छ । यस आवमा रु १० करोड राजस्व सङ्कलनको लक्ष्य कार्यालयको रहेको छ । कार्यालयबाट विशेष गरी चामल, खाद्यान्न, कपडा, कागज, भाँडाकुडा, फुटकर घरायसी सामान, हार्डवेयर, राँगाभैँसीलगायतको निकासी हुने गरेको कार्यालयले जनाएको छ ।