☰ open Loading... 22 June 2024|  

प्रगतिशील पत्रकार संघमा नयाँ नेतृत्व
  | ३ पुष २०७३, आईतवार १२:३९

pragatisilदैलेख । प्रगतिशील पत्रकार संघ नेपाल, दैलेखको दोस्रो जिल्ला भेलाबाट अध्यक्षमा प्रकाश आर्चायलाई चयन गरिएको छ ।

भेलाले प्रकाश आचार्यको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति चयन गरिएको हो । जसको सचिबमा तिर्थ भण्डारी, कोषाध्यक्षमा प्रेम बहादुर शाही सर्बसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः लक्ष्मी प्रसाद रेग्मी, पृथ्वी के सी, खम्बीरा रेग्मी, मीना रेग्मी, संगीता थापा र रजनी योगी निर्वाचित भएका छन् ।

यसै गरी भेलाले चार सदस्यिय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा कविराज खत्री, नेमबहादुर शाही, सीताराम थापा र गणेश रोकाय रहेका छन् ।

भेलाको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला समिति, दैलेखका उपाध्यक्ष एवं भेलाका प्रमुख अतिथी कवीराज खत्रीले, विश्वममा हुने जुनसुकै परिवर्तनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सत्य तथ्यमा आधारित समाचार मात्र समप्रेषण गर्न आग्रह गदै मिशन पत्रकारिताले मात्र समाज परिर्वतन हुने बताए ।