☰ open Loading... 21 June 2024|  

तरकारी खेतीबाट मनग्य आम्दानी
  | ३ पुष २०७३, आईतवार १९:५०

लाटामाडाैं, ९ तिलतालीका कृषक मैनादेवी बोगटीको बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा फलेका हुन्छन् । मौसमअनुसार खुल्ला ठाँउमा र हिउँमा प्लास्टिकको घर बनाएर उनले तरकारी फलाउने गरेकी छन ।

आफ्नै बारीमा पसिना चुहाएर फलाएको गोलभेँडाले राम्रो बजार पाएपछि उहाँले यसवर्ष मात्रै १८ क्वीन्टल गोलभेँडा प्रतिकेजी रु ५० को दरले गाउँमै बेचेको बताइन  ।

गोलभेँडाबाट राम्रो आम्दानी भएको र एक याममा ६ क्वीनटलसम्म बेच्दा रु ५० हजार भन्दा बढी आम्दानी हुने गरेको कृषक बोगटीको भनाइ छ ।

सेवक नेपाल संस्थाबाट पोली हाउस र बीउविजन पाएदेखि बेमौसममा समेत राम्रो आम्दानी गर्न उनी सफल भएकी छन् । सो संस्थाको सहयोगमा लाटामाडाैंकै भोजबहादुर महरासमेत गोलभेँडखेतीतर्फ आकर्षित बनेका छन् । उहाँले पनि आफ्नै बारीमा बेमौसममा समेत गोलभेँडा फलाएर मनग्य आम्दानी गरेका छन् ।

सोही संस्थाको सहयोगमा लाटामान्डौ– ८ का रमेश बलायरले पनि बोइलरका चल्ला उत्पादन गर्दै आएका छन् । डोटीमा पहिलो पटक ह्याचरी मेसिनबाट बोइलर चल्ला उत्पादन उत्पादन गर्नुभएका उनकाे आफ्नै मासु पसल समेत छ ।

डोटीमा सो संस्थाले पोषण तथा खाध्य सुरक्षा परियोजना कार्यक्रम लागू गरेपछि जिल्लाका खातिवडा, बाँझककानी, पचनाली, लाटामाडाैं र बारपाटाका कृषक आयआर्जजनका क्रियाकलापमा सक्रिय हुन थालेका हुन् ।