☰ open Loading... 7 September 2024|  

मुक्तकमैया स्वरोजगार बन्दै
  | ३ पुष २०७३, आईतवार १९:५४

मुक्तकमैया वृद्धि विकास तथा सीपमूलक तालिम कार्यक्रमपछि कैलालीका अधिकांश मुक्तकमैया स्वरोजगार बन्दै गएका छन् । आर्थिक वर्ष २०५२÷५३ देखि २०७२÷०७३ सम्म चार हजार २७२ जनालाई स्वरोजगार सम्बन्धी तालिम दिएकामा दुई हजार ९२२ मुक्तकमैयाले तालिममा सिकेको सीप उपयोग गर्दै स्वरोजगार भएको भूमिसुधार कार्यालयका सुभरभाइजर अमरबहादुर चौधरीले जानकारी दिए ।

सो कार्यक्रमअन्तर्गत सिलाइकटाइ, कुखुरापालन, बङ्गुरपालन, पेन्टिङ्, वाइरिङ, मोटरसाइकल तथा साइकलमर्मत लगायत ३९ शीर्षकमा तालिम दिइएको थियो ।

चालु आर्थिक वर्षमा पनि ४५ मुक्त कमैयालाई यस्ता तालिम दिन रु १४ लाख विनियोजन भएको भूमिसधार अधिकारी लक्ष्मणबहादुर कठायतले बताए ।

उनले तालिम लिएकामध्ये ७० प्रतिशतले सीपको उपयोग गरी आर्यआर्जनमा लागेकाले उनीहरुको आर्थिकस्तर सुधार भएको छ भने ।