☰ open Loading... 3 March 2024|  

युवा संघ रुपन्देहीका अध्यक्षको गोली हानी हत्या
  | ४ पुष २०७३, सोमबार १७:४९

रुपन्देही । रुपन्देहीको देवदमा गोली प्रहारबाट एमाले सम्बद्ध युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको मृत्यु भएको छ । देवदह नगरपालिका ढेकावारमा मोटरसाइकलमा आएका दुईजनाले अपरान्ह साढे ३ बजेतिर तिवारीलाई गोली प्रहार गरेको प्रहरीलाई उद्यृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।

durga-tiwari

छातिमा गोली लागेर गम्भीर भएका उनको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको थियो । गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको तर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तस्वीर नारायणी अनलाइनबाट लिएकाे हाे ।