☰ open Loading... 19 April 2024|  

सुर्खेतका कुन-कुन विद्यालय राम्रा ? (नामावलीसहित)
  | ४ पुष २०७३, सोमबार १९:३८

back

सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले गत मंसिर महिनामा १३१ वटा विद्यलायहरु अनुगमन गर्यो । अनुगमनका क्रममा जिल्लाका यी विद्यालयहरुलाई राम्रा र न्यूनस्तर गरी दुई भागमा वर्गिकरण कार्यालयले गरेको छ ।

किन रोकीयो सुर्खेतका ३४ विद्यालयको सिफारिस ?

विद्यालय अनुगमन प्रतिवेदनले मावि तोस्रा, आवि साल्मा धारापानी, जनजागृति मावि दमार, भेरी मावि रानीघाट, जनसेवा मावि घुस्रा, जनता प्रावि खोरिया र खाँडदेवी मावि चौरासे राम्रा विद्यालयमा परेका छन् । यस्तै, नेरा प्रावि रानागाउँ, प्रावि लामीतडा, भेरी मावि घुमखहरे, नेरा मावि कोप्ची, मावि बजेडाआली, मालिका मावि मटेला र प्रावि चेरकुले पनि राम्रा विद्यालयमा परेका छन् ।

तर न्युनस्तर विद्यालयमा प्रावि रुदे पुच्मा, नेरा आवि ज्यूनारीताल, मानेश्वर प्रावि करियापानी, प्रावि गिरीघाट, गङ्गामाला आ. विद्यालय, मदरसा फैजुल उलुम, प्रावि पोखरीचौर, सिद्धेश्वरी प्रावि बारगाउँ र शारदा मावि छिञ्चु छन् । यस्तै, प्रावि नेप्टेकाँडा, गङ्गा प्रावि अवलकुरिले, दुर्गा प्रावि भोटमुंग्रा, प्रावि सातमुल र सूर्याेज्योती प्रावि टमटेना छन् ।

जिल्ला शिक्षा अधिकारी, शाखा अधिकृत, विद्यालय निरीक्षक र स्रोत व्यक्तिहरुबाट जिल्लाका ३४ स्रोत केन्द्र अन्तरगत रहेका विद्यालयहरुको अनुगमन गरिएको थियो ।

स्रोत केन्द्र अन्तरगत विजौरामा ८, विद्यापुरमा ९, पलैटेमा ८, हरिहरपुरमा १०, लाटिकोइलीमा ४, वीरेन्द्रनगरमा २१, चौरासे ६, कल्याणमा ८, रामघाटमा १०, गुमीमा ७, सहारेमा १२, बजेडीचौरमा ८, अवलचिङमा ८ र चोल्पामा १२ विद्यालय छन् ।