☰ open Loading... 3 March 2024|  

मतदाता नामावली संकलन शुरू हुँदै
  | ६ पुष २०७३, बुधबार १६:४५

सल्यान । जिल्लामा फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम २०७३ सञ्चालन हुने भएको छ । आगामी पुस ८ गतेदेखि माघ ७ गतेसम्म १ महिनासम्म जिल्लाका बिभिन्न गाबिसहरुमा सो कार्यक्रम सञ्चालन हुन लागेको हो ।

जिल्ला मतदान कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले फोटो सहितको मतदाता नामावलीमा कोही नदोहोरिउन, कोही नछुटुउन भनेर यसलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन् । उनले निष्पक्ष र धाँधलीरहित तरिकाले निर्वाचन गर्न फोटो सहितको मतदाता नामावली अपरिहार्य भएको उनको भनाई छ ।