☰ open Loading... 17 May 2024|  

समीक्षाकाे मृत्यु हुनुमा यी हुन पाँच करण
  | ६ पुष २०७३, बुधबार १८:१७

सुर्खेतको वीरेन्द्रनगरमा भएको कर्णाली एक्स्पोको उद्घाटन ¥यालीमा सहभागी समिक्षा आचार्यको मृत्यु हुनुको पछाडी पाँच पक्षको कमजोरी रहेको निष्कर्ष निकालिएको छ ।

समीक्षा मृत्यु प्रकरण : शिक्षा कार्यालय भन्छ “अनुसन्धान जारी राखेका छाैं”

समिक्षा मृत्युबारे गठन गरिएको छानविन समितीले विभिन्न व्यक्तीहरुलाई गरेको सोधपुछ्को आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार ¥यालीमा पठाउने परिवार र विद्यालय, बोलाउने मेला आयोजक, नियमन नगर्ने जिल्ला शिक्षा कार्यालय तथा प्याव्सन विद्यार्थी मृत्युको कारण हुन् ।

समीक्षा मृत्यु प्रकरण : छानबिनको माग गर्दै काठमाडाैंमा प्रदर्शन

गत मंसिर २३ देखि पुष ३ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली एक्स्पो २०१६, अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ को ¥यालीमा सहभागी आचार्य ¥यालीमै वेहोस हुनुभएको थियो । त्यसपछि उपचारका क्रममा आचार्यको मृत्यु भएको थियाे ।

महोत्सव र्यालीमा मृत्यु भएकी समीक्षाको अन्त्यष्टी

विद्यालय क्षेत्र बाल मैत्री तथा शान्ति क्षेत्रको रुपमा स्थापना गरिएको भएपनि विद्यालयले ¥यालीमा सहभागी बनाउनु, मेला आयोजकले कसैलाई एबुलेन्स जस्ता आवश्यक तयारी पुरा नगर्नु, लगायतको कारणले बालिकाको मृत्यु भएको छानविन समितीले तयार पारेको प्रतिवेदनमा भनिएको छ ।

समिक्षा मृत्युप्रकरण : मानवअधिकार आयोगले थाल्यो छानविन

समितीले यसअघि पनि सभा, सम्मेलन, महोत्सवलगायतमा बालालिकालाई प्रयोग गर्ने प्रतिवद्धता सर्वपक्षीय रुपमा गरिएको भन्दै यस्तो कार्य नगर्न सबैसँग अनुरोध समेत गरेको छ ।

आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’

¥यालीमा विद्यार्थी प्रयोग गर्ने प्रचलन नहटेसम्म यस्ता दुःखद घटनाहरु आईरहने समितीले जनाएको छ ।  समिक्षाको मृत्युको घटनाको सत्यतथ्य छानविन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) का प्रतिनिधी दुर्गा थापाको संयोजकत्वमा गत २८ गते नागरिक स्तरबाट समिती गठन गरिएको थियो ।

थप समाचार पनि पढ्नुस् ।

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

जागरण fm