☰ open Loading... 3 March 2024|  

एक घण्टादेखी रात्न राजमार्ग बन्द
  | १५ पुष २०७३, शुक्रबार १६:१५

(पिपिरा)सुर्खेत । आज दिउसो करिव ३ बजेबाट सुर्खेत–कोहलपुर सडक खण्डको सुर्खेतकाे पिपिरा चाैकमा स्थानीयबासीले रत्नराजमार्ग अवरुद्ध गरेका छन् । निर्माणधिन फोर लेन सडक कालोपत्रे गर्ने क्रममा ६/६ मिटर छोड्ने भएपछि स्थानीयबासीले पूरै सडक कालाे पत्रे गर्नु पर्ने माग राख्दै सडक अवरुद्ध गरेका हुन् ।

rode-1
तस्वीर पत्रकार अकवर खान ।

सडकको दायाँबाया पूरै ५० मिटर कालोपत्रे गर्नुपर्ने पिपिराबासीको माग छ । उनीहरुले पक्की नाला र ट्राफिक चौक निर्माण गर्नुपर्ने पनि माग अघि सारेका छन् ।

सडक डिभिजनले आफूखुसी काम गर्न लगाएको भन्दै उनीहरुले तीन बजेबाट नै सडकमा टायर बालेर अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिर जाने र भित्रने यात्रुहरुको सडकमा लामवद्ध भएका छन् ।  पुरै सडक कालाे पत्रे गर्ने सहमित सडक डिभिजन कार्यालयले सहमति नगरेसम्म अान्दाेलन जारी राख्ने बताएका छन् ।