☰ open Loading... 20 April 2024|  

शिशुको शव फेला
  | १७ पुष २०७३, आईतवार १०:०८

धनगढी । कैलालीको अत्तरिया नगरपालिकाको चाहना सामुदायिक वन क्षेत्रमा शनिबार साँझ दुईवटा शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार प्रहरी टोलीले खाल्टोमा गाडेको अवस्थामा दुई बालिका शिशुको शव फेला परेको जनाएको छ ।

स्थानीयवासीले जङ्गलमा शिशुको शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल, धनगढीमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।