☰ open Loading... 28 February 2024|  

जाजरकोटका शाहीको ताप्लेजुङमा हत्या
  | १७ पुष २०७३, आईतवार १७:२३

ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङ गाउँ विकास समितिमा आइतबार वन रक्षक गणेश शाहीको  खुकुरी प्रहार गरी हत्या गरिएको छ । जाजरकोट-८ दसेरा घर भई इलाका वन कार्यालय खोक्लिङमा कार्यरत उनको आइतबार बिहान हत्या भएको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

खोक्लिङ-८ दुरिङ घरभएका सविन लिम्बूले हत्या गरेको हुनसक्ने प्रारम्भिक जानकारी आएको केसीले बताए । लिम्बू फरार रहेका छन् । सामुदायिक र निजी वनको विवादका विषयमा छलफल भइरहँदा उनको खेदेर हत्या गरिएको प्रारम्भिक जानकारी आएको र अभियुक्तको खोजी तीब्र बनाइएको केसीले बताए । घटनास्थल सदरमुकाम फुङलिङबाट ४ कोष पश्चिममा रहेको छ ।