☰ open Loading... 19 June 2024|  

जातीय द्वन्द्व भड्काउनमा मंगोल नेशनल उद्धत
  | १७ पुष २०७३, आईतवार १९:०४

सुर्खेत । आइतबार सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर नयाँ र फरक शैलीमा ¥याली निस्कीयो । स्थानीय मंगलगढीचौकबाट बजार परिक्रमा गर्दै पीपलचौतर पुगुञ्जेलसम्म मंगोल नेशनेल अर्गनाइजेशनले जातिय द्वन्द्व निम्ताउने खालका भड्कीला नारा लगायो ।

मंगोल नेशनलको २८ औं स्थापना दिवस तथा प्रथम अधिवेशनमा जातिय द्वन्द्व भड्काउने नाराहरु लगाउँदा फरक खालको तरङ्ग स्थानीयमा पैदा गराएको छ ।

मंगोल नेशनलले सुर्खेत लगायो भड्कीला नारा (भिडियोसहित)

कतै मुलक जातिय हिंसामा फस्ने त हैन भन्ने विविध तर्कहरु समेत मंगोल नेशनल आइतबार मात्रै निकालेको ¥यालीबाट शंका उब्जाएको छ । नेपालको संविधानले सबै जातजाती, धर्मलम्बीहरुले स्वतन्त्र पुर्वक बाच्न पाउने अधिकार त दिएको छ । तर समुदायमा अपाच्चे हुने भड्कीला नारा लगाउनमा भने बन्देज गरेको छ ।

बाहुन क्षेत्री कहाको विदेशको, नेपाली झण्डा वदली गर, हिन्दु धर्म मान्दैनौं, हामी मंगल हिन्दु होइनौं, राष्ट्रिय जनावर गाई होइन कस्तुरी र मुग राखौँ, आदिवासी जनजाती—बाहुन क्षेत्री हुन जस्ता नारा आइतबार वीरेन्द्रनगरमा गञ्जयमान भयो । २१ औं शताब्दीमा अहिन्दु मूलवासी मंगोल मुक्तीको शताव्दी भएको पनि दावी मंगोल नेशनलको छ ।

स्थानीय पीपलचौतरामा आयोजित कोणसभालाई सम्बोधन गर्र्र्दै मंगोल नेशनलका अर्गनाइजेशनका केन्द्रीय कार्यवाहक अध्यक्ष बुद्धलाल मेचीले विदेशी दलाल बाहुन क्षेत्रीले हाम्रो भुमि आएर हामीलाई हस्तक्षेप गरेको आरोप लगाए । उनले विगतमा त्यो देश मंगोलको थियो अब पनि मंगोलको नै हुने उनको दावी छ ।

‘घरको अधिकार घर मालिकलाई हुन्छ पाहुनाको हँुदैन’ उनले भने,–‘बाहुन क्षेत्री विदेशबाट आएका पाहुना हुन उनीहरुलाई यो मुलुकमा कुनैपनि अधिकार छैन ।’

कार्यक्रम बोल्न अधिकाँश वक्ताहरुले बाहुन क्षेत्री विदेशबाट आएका विदेश दलाल भएको आरोप लगाए । उनीहरुले केही समय आगाडी मंगोल नेपालको मुलवासी थियो तर विदेशी दलाल बाहुन क्षेत्रीले हामीलाई अन्धो बनाएर शासन गरेको आरोप छ ।

उनीहरुले केही समय आफुहरुले विश्राम लिएका थियौं अब एटिएम बम बनेर आउने चेतावनी दिएका छन् । अझै मुुलुकमा रगतका खोला बग्न सक्ने दावी मंगोल नेशनलको छ । नेपालमा ८० प्रतिशत मुलवासी मंगोल हिन्दु रहेको दावी उनीहरुको छ ।