☰ open Loading... 2 May 2024|  

यस्तो बन्दै छ, सुविधा सम्पन्न मध्यपश्चिम क्षेत्रीय अस्पताल
  | २१ पुष २०७३, बिहीबार १६:५९

सुर्खेत । अवको तीन वर्षमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल भौतिक रुपमा सुविधा हुने भएको छ । चालु आर्थिक वर्षको माघ महिनाबाट अस्पतालमा थप तीनवटा नयाँ भवन निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेपछि भौतिक रुपमा सक्षम बनाउन लागिएकाे हो ।

surkhet-hospital-3d

टिनले छाएको भवनबाट सेवा सुविधा दिन शुरु गरेको क्षेत्रीय स्तरको अस्पतालले अबको ३६ महिनामा आवश्यक सबै संरचना पूरा गरिसक्नेछ । ‘टेण्डर सकिएर तीन भवन निर्माण गर्न अन्तिम सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा छ’ शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर झंकबहादुर थापाले भने,–‘आगामी माघ महिनाको पहिलो हप्ताबाट निर्माण व्यवसायीलाई काम गर्न पठाउने गरी हामी जुटेका छौं ।’

तीन वटा सुविधा सम्पन्न नयाँ भवन निर्माण हुनेछ भने हाल सञ्चालनरत ओपिडि भवनमा एक तला थप हुनेछ । छुट्टाछुट्टै निर्माण हुने भवनमा आकस्मिक सेवा कक्ष, प्रसुती कक्ष र सीएसएसडी सेवा रहनेछन् ।

नयाँ निर्माण हुने भवनको काम सम्पन्न भएपछि क्षेत्रीय अस्पताल ३५० सैयाको हुनेछ । यी भवनको कुल लागत झण्डै ७० करोड रुपैयाँ छ । अव बन्ने भवनमा लिफ्टको सुविधा रहनेछ ।

हाल क्षेत्रीय अस्पताल ६८ वेडमा सञ्चालनरत छ भने, आगामी माघ मसान्तसम्म निर्माणाधिन प्रि–फ्याब भवनबाट थप ७५ गरी १२५ शैयाको बनाउँदैछ ।

प्रवेशद्वारा नयाँ बन्ने
अस्पतालले हाल सेवा सुविधा दिँदै आएको ओपिडी जाने भवनको मूल गेट समेत परिवर्तन हुनेछ । अस्पतालको पूरानो भवन पुग्न भैरवस्थानको माथिल्लो सडक र जुम्लारोडबाट जानु पर्ने बाध्यता छ ।

तर नयाँ भवन निर्माणसंगै अस्पताल प्रवेशद्वारको मुख्य गेट दक्षिण अर्थात कर्णाली राजमार्गसंग जोडिने छ । निर्माणाधिन फोरलेन सडक र भित्रि सडकबाट सहजै विरामीहरुलाई अस्पताल पुग्न सहजता बनाउँन नयाँ गेट बन्नेछ ।