☰ open Loading... 26 April 2024|  

थन्किएको फोहोर खेलाडी र कर्मचारीले उठाए
  | २२ पुष २०७३, शुक्रबार १०:१०

करीब दुई हप्ता यतादेखि जुम्लाबजारमा थन्कीएको फोहोर खेलाडी र कर्मचारीहरुले उठाएका छन् । दुई हप्ता यतादेखि जुम्लाबजारको विभिन्न स्थानमा थन्कीएको फोहार कर्णाली स्पोर्ट क्लबको नेतृत्वमा जुम्लाका खेलाडी र चन्दननाथ नगरपालिकाका कर्मचारीले उठाएका हुन् ।

jumla-pp

नगरपालिकाको फोहोर फाल्न डम्पीङ साइडको ब्यवस्था नभएकाले यस अघि फाहोर फालिदै आएको ठाँउमा बाराम्बार बिवाद भएको थियो । करीब दुई हप्तादेखि जुम्ला बजारमा फोहोर थन्कीएको थियो ।

डम्पीङ साइडको टुङगो लाग्दासम्म केहि महिना कठायत कन्सनट्रक्स र चन्दननाथ नगरपालिकाबिच कठायत कन्सनट्रक्सको जग्गामा फोहोर फाल्ने सहमति भएको छ । उठाइएको फोहोर जुम्लाबजार तलिबाडा स्थीत कठायत कन्सनट्रक्सको जग्गामा फालिएको छ ।

कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले भने, नगरपालिकाले फोहोर उठाउन छोड्दा बजारमा दिन प्रतिदिन फोहोरको थुप्रो बढ्दै गयो, बजार क्षेत्रको फोहोरले जुम्लाको इज्जत र स्वास्थ्यमा नकरात्मक प्रभाव पार्ने भएपछि हामीले नै फोहोर उठाएका हौं ।

बजार क्षेत्रमा फोहोर जाँदा सम्बन्धीत जिल्लाका सरोकारवाला निकायले फोहोर उठान चासो दिएका थिएनन् । यता चन्दननाथ नगरपालिका जुम्लाका कार्यकारी नगर अधिकृत केशवराज शर्माले नगर क्षेत्रभित्रको भण्डारीबाडा गाँउमा डम्पीङ साइड निर्माणका लागि सडक निर्माण र फोहोर फाल्ने गाडीको टेण्डर आवाह्रान गरीएको बताए ।

आगामी फागुन अन्तिम सातासम्म डम्पीङ साइडको ब्यवस्था हुने भन्दै टेण्डर प्रक्रिया सकिएपछि छिटै निर्माणकार्य संचालन हुने दावी शर्माको छ ।