☰ open Loading... 18 April 2024|  

पौस्टिक आहार तितो भएपछि…
  | २२ पुष २०७३, शुक्रबार १२:२३

जाजरकोट । यहाँका १८ गाविसका प्राथमिक र निम्न माध्यमिक विद्यालयमा वितरण गरिएको पौस्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडेका छन् ।

शिक्षाका लागि खाद्य कार्यक्रमद्वारा वितरण गरिएको पौस्टिक आहार विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि बल पुगोस् भनी लागू गरिएको हो ।

तितो पौस्टिक आहार खाँदा विद्यार्थीले पेट दुख्यो भनी उल्टी गर्ने गरेको शिक्षकको भनाइ छ । पौस्टिक आहार अर्थात दिवा खाजा सुरुका दिनमा राम्रो भएपनि विस्तारै यसको गुणस्तरमा समस्या आएको प्रयोग गर्ने विद्यालयले बताएका छन् ।

हिमालय प्रावि, मङ्सिरीका बाल शिक्षामा पढाउने शिक्षिका मनिषा सिंहका अनुसार सुरुका दिनमा यहाँका बालबालिकाले पौस्टिक आहार रमाइरमाइ खाने गरेका थिए, अहिले तितो भएपछि पौस्टिक आहारको नाम नै लिन चाहँदैनन् ।

त्यस्तै, भगवती प्रावि भगवतीका विद्यार्थीले पनि तितो भएको भन्दै खान छाडेका छन् । तितो भयो भनी सरोकारवाला निकायलाई खबर गरेपनि सुनुवाइ नभएको विद्यालयले बताएका छन् ।

पौस्टिक आहार ढुवानी गरी बाटोमा लाँदा र राख्दा ठाउँको अवस्था राम्रो नभएको पाइएको छ । कहिलेकाहीँ पौस्टिक आहार पिठोको रङ नै बदलिएको आउने गरेको समेत विद्यालयले बताएका छन् ।

ratopati