☰ open Loading... 7 September 2024|  

अपरकर्णाली सम्झौता : ‘जनअदालत गठन गरेर राष्ट्रघातीलाई कारवाही गर्छाैं’
  | २२ पुष २०७३, शुक्रबार १८:१७

सुर्खेत । राष्ट्राघाती माथिल्लो कर्णाली जल विद्युत आयोजनामा सम्झौता गर्नेलाई जनअदालत गठन गरेर कारवाही गर्ने नेकपा माओवादीका पश्चिम इन्चार्ज हेमन्त प्रकाश ओलीले बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित विरोध सभामा सम्बोधन गर्दै ईन्चार्ज ओलीले राष्ट्रको हितभन्दा खलनायक बन्ने काम प्रमुख दलका नेताहरु लागेको भन्दै जनअदालतमा नागरिकले दण्डित गर्ने बताए ।

uper-karnali-news-pp
आफूहरु विकास विरोधी नभएको दावी गरेको ओलीले माथिल्लो कर्णाली सम्झौंता खारेज नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । ‘यो आयोजना बनाउन हामी नेपाली नै सक्षम छौं’ उनले भने,–‘भारतको प्यारो बन्ने खेलमा लागेको प्रमुख दलहरुले निर्णय नसच्याए कडा मूल्य चुकाउन हामी पछि पर्ने छैनौं ।’

जिएमआर कम्पनीलाई कुनै पनि हालतमा काम गर्न नदिने बताएका उनले कर्णाली नदी बचाउनकै लागि भएपनि हतियार उठाउन तयारी अवस्थामा आफूहरु बसेको खुलासा गरे । नेकपा मसाल, नेकपा माओवादी (क्रान्तिकारी) र नेकपा माओवादीले संयुक्त रुपमा गरेको विरोध सभामा ओलीले भने,–‘यो परियोजना नेपाली लगानीमा बन्नु पर्छ विदेशी लगानीमा हामी कुनै  पनि हालतमा बन्न दिँदैनौं ।’

भारतीय जिएमआर कम्पनीले विद्युतभन्दा कर्णाली नदी कब्जा गर्न खोजेको आरोप उनको छ । राज्यले बेलैमा जिएमआर कम्पनीसंग गरिएको पिडिए सम्झौंता खारेज गर्न सुझाव दिए ।

ओलीले देशभक्ती विगुल बजाउने ‘प्रचण्ड’ यो देशमा नभएको बताए । देशको अहितमा काम गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल खलनायक मात्रै भएको टिप्पणी गरेको ओलीले आफूलाई प्रचण्ड भनेर नाम भन्न नलगाउन सुझाव दिए । ‘देशको हितमा काम गर्ने प्रचण्ड छैनन्’ ओलीले भने, ‘माअाेवादी केन्द्रका अध्यक्ष दाहाल पुष्पकमल मात्रै हुन, उनी देशभक्त हैनन् ।’

सभामा नेकपा मसालका केन्द्रीय नेता भैरवराज रेग्मीले भारतीय विस्तारले नेपालका जलस्रोत माथि अतिक्रमण बढ्दै गएको बताए । नेपालका नदीहरु कब्जा गर्दै भारतले नेपाललाई नै भारतको एउटा प्रन्त बनाउन खोजेको उनको आरोप छ । ‘जीएमआर विद्युत उत्पादन गर्न आएको हैन । कर्णाली नदी र नेपाल कब्जा गर्न नियतले प्रवेश गर्न खोज्दैछ’ उनले भने ।

मुलुकको कच्चा पदार्थ विक्री गर्न त सामुहिक एकता चाहिन्छ भने हाम्रा मुलुकमा शासन सत्ता चलाउनेहरुले नदी नालाहरु धमाधम एकलौटी विक्री गरिरहेको आरोप उनको छ ।

सभामा नेकपा माओवादी (क्रान्तिकारी) का प्रवक्ता हरिभक्त कंडेल, सोही पार्टीका केन्द्रीय सदस्य चक्रपाणि शर्मा, माथिल्लो कर्णाली बचाउ अभियानका अध्यक्ष भरत शाही लगायतले लाचार सरकारले भारतीय कम्पनी जिएमआरसंग गरेको सम्झौंता खारेजीको माग राखेका थिए । उनीहरूले जुकसुकै अवूथामा पनि माथिल्लाे कर्णालीमा जिएमअारलाइ काम गर्न नदिने प्रतिवद्भता समेत जनाएका छन् ।

सभा अघि स्थानीय मंगलगढी चौकबाट राष्ट्रघाती माथिल्लो कर्णाली सम्झौता खारेज गर, स्वदेशी लगानीमा क्षमताको परियोजना लागु गर भन्ने लेखिएको व्यानरसहितको र्याली निकालिएको थियो ।

कलाकारले के भने भिडियाे हेर्नुस् ।

https://www.youtube.com/watch?v=1p6yTGJyYIY