☰ open Loading... 24 February 2024|  

मध्यपश्चिम यातायात : नयाँ नेतृत्वका लागि मतगणना शुरु
  | २३ पुष २०७३, शनिबार १७:४९

सुर्खेत । मध्यपश्चिम यातायात व्यवसायी संघ सुर्खेतको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । शुक्रबारदेखी शुरु भएको संस्थाको २० औं साधारण सभाले आगामी नयाँ नेतृत्वका लागि सहमतिबाट छिनोफानो नभएपछि निर्वाचन भएको थियो ।

हालसम्म संस्थाको अध्यक्ष रहेका विष्णु खड्का र सचिव श्यामलाल कंडेल अध्यक्ष पदका उम्मेदवार हुन् । संस्था स्थापना भएको दुई दशकसम्म पुग्दा अध्यक्षमा खड्का निरन्तर रहेका उम्मेदवार हुन् । संस्थामा काँग्रेसकै बाहुल्यता रहेपनि नयाँ नेतृत्वको लागि दुवै प्यानल गुटगत रुपमा लागेका छन् ।

शनिबारबाट शुरु भएको चुनावी प्रक्रियाको मतदान दिउसो ४ बजेसम्म भएको थियो । कुल ३८७ जना मतदाता रहेको संस्थामा ३७८ मत खसेको छ । यो मध्य १ जना व्यवसायीको मृत्यु र बाँकी ७ जना विदेश रहेकाले ३७८ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

१३ सदस्यीय नयाँ नेतृत्वका लागि काँग्रेस भित्रकै २६ जना विभिन्न पदमा उम्मेदवार छन् । शनिबार (आज) साँझ करिव साढे ५ बजेबाट शुरु भएको मत परिणामको अन्तिम नतिजा राती १० बजेसम्म घोषणा हुने निर्वाचन समितिको बनाई छ ।
यी हुन् उम्मेदवार ?
अध्यक्ष
विष्णुबहादुर खड्का
श्याम लाल कंडेल

वरिष्ठ उपाध्यक्ष
मोतिप्रसाद चपाईं
रमेश कुमार पौडेल

उपाध्यक्ष
गोरखबहादुर खत्री
सागर रावत

सचिव
नारायणकुमार चपाईं
ओमबहादुर खड्का

कोषाध्यक्ष
गौरीप्रसाद लामिछाने
गणेशकुमार पन्त

सह–सचिव
भोजकुमार डाँगी
क्षेत्रमणि गिरी

सह–कोषाध्यक्ष
पदमबहादुर खत्री
मधु कार्की

सदस्य
खम्बबहादुर शाही
धनबहादुर बोगटी
लालबहादुर नेपाली
विजय सापकोटा
शिवराज वली
थमन राना क्षेत्री
मिकाइल बक्स
काशीराम शर्मा
बखतबहादुर भण्डारी
डिल्लीप्रसाद गौली
रमेश ढकाल
भिमबहादुर महतरा