☰ open Loading... 19 June 2024|  

बडिमालिकाको बजेट रु १० करोड
  | २४ पुष २०७३, आईतवार १३:२९

बाजुरा । आव ०७४÷७५ का लागि बडिमालिका नगरपालिकाको बजेट रु १० करोड ६० लाख ३४ हजार चार सय पारित भएको छ । कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदीले बजेटमा नगरपालिकाको भवन निर्माण, विकास पूर्वाधार, सीपमूलक कार्यक्रम, लोकसेवा तयारी कक्षा, खानेपानी, सामुदायिक भवन निर्माण, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारसम्बन्धी आयोजना प्रस्तुत गरिएको जानकारी दिए ।

बजेटमा ‘सबैको रहर समृद्ध बडिमालिका नगर’ कार्यक्रम पनि राखिएको छ । त्यस्तै स्थानीयस्तरका सञ्चारमाध्यमको संस्थागत विकास गर्न, पत्रकारका क्षमता अभिवृिद्ध गर्न तथा हरेक वर्ष जिल्ला र राष्ट्रियस्तरका पत्रकारको सम्मानका लागि बडिमालिका पत्रकारिता पुरस्कार पनि स्थापना गरिने बजेटमा उल्लेख छ । नगरपरिषद्ले स्वास्थ्य, शिक्षा, खानेपानी सञ्चार, सडक विद्युत्लगायत क्षेत्रमा बढी रकम विनियोजन गरिएको जनाइएको छ ।

बाह्रबीस गाविस पूर्ण खोपमुक्त 

बाह्रबीस गाविस आठाैं पूर्ण खोपमुक्त घोषणा भएको छ । गाविसमा जन्मेदेखि अढाइ वर्षमुनिका बालबालिकाले सबै किसिमका खोप पाएपछि पूर्ण खोपमुक्त घोषणा भएको बाह्रबीस स्वास्थ्य चौकी इन्चार्ज कुलबहादुर रावलले बताए ।

गाविसमा रहेका तीन सय ६५ बालबालिकले खोप लगाएका छन् । बाह्रबीस गाविस र स्वास्थ्य चौकीको आायोजना र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा उक्त गाविसलाई पूर्ण खोपमुक्त घोषणा गरिएको हो । गाविसलाई पूर्ण खोपमुक्त घोषणा गर्नका लागि सहयोग गर्ने एक सय एक जनालाई सम्मान पनि गरिएको छ ।

‘यसभन्दा पहिले कुल्देवमान्डौँ कोल्टी, डोगडी, कैलाशमाडाैं लगायत गाविस पूर्ण खोपमुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिए ।