☰ open Loading... 21 June 2024|  

विरोधका बीच संशोधन विधेयक संसदमा टेबल
  | २४ पुष २०७३, आईतवार १६:२६

काठमाडौं । सरकारले एमालेसुहित विपक्ष दलमा रहेका ९ राजनीतिक दलका सांसदहरुको हो हल्लाबीचमा संविधान संशोधन विधेयक टेबल गरेको छ।

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकपछि सभामुखले हो हल्लाका बीचमै संसद्को बैठक अघि बढाएकी थिइन्। संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरे ।

सभामुखले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका थिए। विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना बुहमतले अस्वीकृत भएको घोषणा गरिन् ।

त्यसपछि कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन प्रस्ताव टेबल गरे । संविधान संशोधन विधेयक टेबल भएसँगै सभामुख घर्तीले भोलिसम्मका लागि बेठक स्थगित गरेकी छन् ।