☰ open Loading... 15 June 2024|  

मध्यपश्चिम यातायात : निर्वाचित पदाधिकारीहरूले साेमबार पदभार ग्रहण गर्ने
  | २४ पुष २०७३, आईतवार १८:३३

व्यवसायीले दिए शुभकामना

सुर्खेत । मध्यपश्चिम यातायात व्यवसायी संघमा निर्वाचित पदाधिकारीहरूसंग शुभकामना अादनप्रदान गरिएकाे छ । नयाँ नेतृत्वमा संघको अध्यक्षमा विष्णु खड्कासहितकाे प्यानलनै निर्वाचित भए अाइतबार बिभिन्न क्षेत्रका वस व्यवसायीहरुले शुभकामना आदान प्रदान गरेका हुन् ।

suvkaman

कार्यक्रम स्थानीय वस सदस्यहरुले आयोजना गरेर निर्वाचित पदाधिकारीलाइ माला तथा अविर लगाएर शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा वस व्यवसायीले आफनो समस्या तथा आगामी दिनमा स्वस्थ प्रतिस्पर्धाकाे वातावरण मिलाउन निर्वाचित पदाधिकारी समक्ष माग राखेका छन् ।

संघका नव निवार्चित अध्यक्ष खड्काले पहिला प्यानल नै विजयी नभएकाले काम गर्न समस्या भएको र अवका दिनमा यस्तो अवस्था नआउने र व्यवसायकै हितमा काम हुने प्रतिवद्भता जनाएका छन् ।  विजयी पदाधिकारीले साेमबार सपथ तथा पदभारगण गर्ने कायक्रम तय भएकाे छ ।