☰ open Loading... 16 April 2024|  

भिरबाट लडेर दुई जनाको मृत्यु
  | २५ पुष २०७३, सोमबार १८:०४

सल्यान । सल्यानमा भिर बाट लडेर दुई जनाको ज्यान गएको छ । जिल्लाको बामे गाबिस वडा नं. ३ बाउनघाट कराची भिर बाट लडेको कैलाली घर भएका दुई जनाको ज्यान गएको हो ।

बामे ३ बाउनघाटमा निर्माण भैरहेको झुलुङगे पुलमा मजदुरी काम गर्दै आएका कैलाली थापापुर ६ का ४५ बर्षिय मर्थरी चौधरी र सोही ठाउँ निबासी ५० बर्षिय लाबरी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

गएराती करिब ८ बजे तीर बजार बाट कोठा तिर फर्कदैँ गर्दा बाटो अप्ठ्यारो तथा मधिरा सेबन गरेका कारण ज्यान गएको प्रहरीको भनाई छ । मृतकको दुबैको शब साेमबार बिहान मात्रै फेला परेको थियो ।