☰ open Loading... 19 June 2024|  

सिम्ता क्याम्पसकाे अध्यक्षमा केसी
  | २५ पुष २०७३, सोमबार १८:२०

kabindra-kumar-kc

सुर्खेत । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने राकममा रहेको सिम्ता बहुमुखी क्याम्पसको अध्यक्षमा कविन्द्रकुमार केसी मनोनित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयको आईतबार सम्पन्न बैठकले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा केसीलाई मनोनित गरेको हो ।

केसी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा मनोनित भएका हुन् ।