☰ open Loading... 26 April 2024|  

आगलागीबाट घर नष्ट
  | २६ पुष २०७३, मंगलवार १५:२४

हुम्ला । दक्षिण भेगमा पर्ने मदना गाविस–५ बस्ने धनवीर ऐडीका घरमा शनिबार आगलागी हुँदा रु ४० हजार तथा लिउ, फेरुवा, लत्ताकपडा, गलैँचासमेत नष्ट भएको छ ।  आगलागीबाट रु दुई लाख ५० हजार बराबरको क्षति भएको ऐडीले जानकारी दिए ।

वृद्धलाई कम्बल
सिमकोट गाविस, बुराउसे–७ र ८ का लामा जातिका ७० वर्षभन्दा माथिका वृद्धवृद्धा ३८ जनालाई जनही रु चार हजारका दरले रु एक लाख ५२ हजारबराबरको कम्बल दिइएको गाविसका सचिव धर्मराज रोकायले वितरण गरेका थिए ।