☰ open Loading... 10 September 2024|  

खसी बोकाबाट १० करोड 
  | २८ पुष २०७३, बिहीबार १७:३१

दैलेखमा पशुपालन अन्र्तगत खसीबोका निर्यातबाट किसानहरुले वार्षिक १० करोडको आम्दानी लिने गरेका छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार सुर्खेतदेखी पोखरासम्म यहाँबाट मासु खपत गरेर किसानहरु १० करोडको आम्दानी लिने गरेका हुन् ।

जिल्ला मासुमा आत्मनिर्भर भएर जिल्ला बाहिर खपत गर्ने गरेको कार्यालय प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत अमृतकुमार मास्केले बताए । फर्मदेखी साना–साना परिणाममा किसानहरुले खसीबोका पाल्ने गरेको कार्यालयले जनाएको छ ।

‘अहिले किसानहरु ब्यवसाय रुपमा खसीबोका पाल्ने गरिएको छ ।’ कार्यालय प्रमुख मास्केले भने, किसानहरु योजनावद्ध रुपमा ब्यवसायिक खसीबाख्रा पालेर आम्दानी लिएका छन् ।’ विगतमा जिल्लामा मासु उत्पादन कम हुँदा मासुको हाहाकार हुने गर्दथ्यो ।

४ वर्ष यता मासु उत्पादनका लागि किसानहरु ब्यवसायीक रुपमा लागेका पशु सेवा कार्यालयले जनाएको छ । ब्यवसायीक योजना सहित किसानहरु आर्यआर्जनको मुख्य पेशा नै बाख्रा पालन तर्फ आर्कषण भएपछि किसानहरुको दैनिक पनि परिवर्तन भएको छ ।

जिल्ला मासुमा आत्मनिर्भर भई बाहिर जिल्लामा समेत निर्यात हुन थालेपछि किसानहरुको आम्दानी बढेको छ । प्रति केजी ५ सय ५० रुपैँया बजार मुल्य रहेको छ । जिल्ला बाहिर मासु लैजादा ८ सयसम्म प्रतिकेजी आम्दानी किसानहरुले लिने गरेको पशु विकास अधिकृत प्रचण्ड खड्काले बताए ।

बजारमा मासुबाट मूल्य पनि राम्रो पाईने र सहज विक्रि हुने भएपछि आम्दानी राम्रो भएको काँशीकाधका किसान दयाराम आर्चायले बताए । उनका अनुसार मुल्य राम्रो हुने भएकाले घरमै खसीबोका किन्न आउने गरेका छन् ।

त्यस्तै जिल्लामा दुध बार्षिक १८ हजार ५ सय ७२ मेक्टिकटन उत्पादन हुने तथ्याक रहेको जनाईएको छ । किसानहरुले गाँउमा उत्पादन गरेका खसीबोकाहरुलाई जिल्लामा खपत तथा जिल्ला बाहिर निर्यात गर्न सरोकारवाला निकायहरुसंग समन्वय गरि जिल्ला पशु सेवा कार्यालयले बजारिकरण समेत गरेको छ ।

pic
क्याप्सन ः दुर्गम पिपलकोट गाविसमा पालिका खसीबाख्रा चरनका लागि लैजादै । तस्विर ः गोविन्द केसी

वैदेशिक रोजगारको कारण गाँउघरमा भैसीबाट जन्मेको पाडी हुँर्काए, वाली लगाई ब्याउने गरी पाल्ने चलन घट्दै गएकाले भैसी मासुको लागि कृषकले बेच्ने गर्ने गरेकाले संख्या घट्दै गएको पशु सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।