☰ open Loading... 20 April 2024|  

यस्ता छन् वीरेन्द्रनगरका महत्वकांक्षी योजना
  | २९ पुष २०७३, शुक्रबार १७:५६

सुर्खेत । गत वर्ष झैं यसवर्ष पनि वीरेन्द्रनगर नगरपालिकाले महत्वकांक्षी योजनाहरु अघि सारेको छ । भवन निर्माण आधारभूत मार्ग दर्शनदेखी एक घर दुई विरुवा, हामी आफै कुरुवा जस्ता लोकप्रिय कार्यक्रमहरु अघि सारेको छ ।

bnnpa

संघीय राजधानी सुर्खेत चर्चा चलिरहकै बेला संरचनामा तालमेल हुने योजनालाई नगरपालिकाले अघि सरेको छ । जिल्लाको सवैभन्दा ठुलो र पुरानो नगरपालिका वीरेन्द्रनगरपछिका देशका अन्य नगरपालिकाहरु उपनगरपालिका बन्ने प्रस्तावमा छन् ।

तर कागजी रुपमा महत्वकांक्षी योजनाहरु सार्वजनिक गर्ने र कार्यान्वयन तहमा शुन्यता झै भएकाले उपमहानगरपालिकाको लाइनबाट वीरेन्द्रनगर नगरपालिका आउट हुन पुगेको छ ।

भेरी पम्पीङ्गलाई टेण्डरमा ल्याउन पहल गर्छु : थानी

चालु आर्थिक वर्षेमै भेरी नदीको पानी पम्पिङ्ग गरेर उपत्यका ल्याउनकाका लागि पहल गर्ने सहकारी तथा गरीबी निवारण मन्त्री हृदयराम थानीले बताएका छन् ।

शुक्रबार वीरेन्द्रननगरमा वीरेन्द्रनगर नगरपालिकोको नगर परिषद्मा सम्बोधन गर्र्दै  मन्त्री थानीले उपत्यकामा पानीको अत्याधिक समस्या भएकाले भेरी पम्पिक सिस्टमबाट उपत्याकामा पानी ल्याउनका लागि चालू आर्थिक वर्षको बजेट सिलिंडमा परेको बताए ।

उनले झुप्रा बहृत खानेपानी आयोजना पनि २०५६ सालको निर्वाचनमा निर्वाचित हुदाँ स्वीकृत गराएको उनले जिंकिर छ । थानीले वीरेन्द्रनगरको चौतर्फी विकासको लागि आफू कटिवद्ध रहेको बताए । उनले सुन्दर व्यवस्थित शहर निर्माण गर्न सवैको साथ आवश्यक रहेको उल्लेख गरे ।

 यसैविच, नेकपा एमालेका पाेलिटव्युराे सदस्य एवं प्रदेश ६ का सह-संयाेजक यामलाल कंडेलले  कागजमा मात्रै याेजना हुने र कार्यान्वयन तहमा शुन्यताले  वीरेन्द्रनगर क्रुप शहरमा परिणत भएकाे चिन्ता व्यक्त गरे । उनले हाल भइरहेकाे अव्यवस्थित जग्गा प्लटिङ्ग राेक्नमा चासाे नदेखाउने हाे भने वीरेन्द्रनगर देशकै क्रुप शहर हुने  बताए ।

 ‘जति पनि सडक छन हालसम्म दमकल हिड्न लायक छैनन्’ कंडेलले भने,-‘जिम्मेवारी व्यक्ती नै मुकदर्शक हुँदा विचाैलियाले फाइदा लिइरहेकाले यसतर्फ ध्यान दिन जरूरी छ ।’ उनले राम्राे र हाम्राे शहर बनाउन सवै पक्षकाे सहयाेग लिएर अघि बढ्न सुझाव दिए ।

शुक्रबार सम्पन्न वीरेन्द्रनगर नगरपालिकाको नगर परिषद्ले यो वर्ष नगर क्षेत्रको विकास लागि महत्वकांक्षी योजनालाई अघि सारेको छ ।

हरित नगरका रुपमा विकास गर्न एक घर दुई विरुवा, हामी आफै कुरुवा, सडक किनारा वृक्षारोपण, वातावरणमैत्री नमुना गाउँ, सःशुल्क बजार सरसफाईलाई निरन्तरता,  ढल, फोहोर तथा वधशाला व्यवस्थापना, नगरलाई प्लाष्टिक तथा कुखुरा भुत्लामुक्त शहर विकास गर्ने, निर्माण सामग्री लामो समयसम्म सडकमा राख्नमा रोक लगाउने, कृषि तथा पशुपालन पकट क्षेत्र घोषणा गर्ने जस्ता नीति तथा कार्यक्रम छन् ।

सामाजिक मेलमिलाप कार्यक्रमलाई विस्तार, सार्वजनिक सुनुवाई, नगरपालिकाको सेवा प्रवाहलाई जनताको दैलोसम्म पुर्याउने जस्ता योजनाहरु अघि सारेको वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बिमलराज आचार्यले जानकारी दिए ।

उनका अनुसार ,बालमैत्री नगर घोषणा, बालश्रममुक्त नगर, टोलविकासलाई सशक्त बनाउने, जातिय छुवाछुत तथा भेदभावमुक्त नगर घोषणा, नगर क्षेत्रका पार्कलाई व्यवस्थित गर्ने योजना तथा कार्यक्रमहरु छन् ।

शहरी विकासतर्फ अव्यवस्थित बासोबास र सडक खोल्ने कार्यलाई निरुत्साहित गर्न भवन निर्माण आधारभूत मार्ग दर्शनलाई लागु गर्ने, बजार क्षेत्रमा सिसि क्यामरा जडान, वृहत शहरी विकास तथा नगर यातायात गुरुयोजना निर्माण गर्ने, भुकम्प प्रतिरोधक घर निर्माणलाई मापदण्डमा ल्याउने, सरकारी तथा सार्वजनिक संस्थानलाई नापनक्शाको व्यवस्था अनिवार्य गर्ने कामहरु पनि अगाडी बढाउने कार्यकारी अधिकृत आचार्यले प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

साविकको लाटिकोईली, उत्तरगंगा, जर्वुटा र वडा नम्बर १ देखि १२ सम्म प्लानिंग गरेका बाटोहरुबाहेक अन्य बाटोहरुको गुरुयोजना निर्माण गर्ने, मंगलगढी–गणेशचौक, नेताचौक–बुद्धपथ–आँखा अस्पताल, वीरेन्द्रचौक–यरीचौक, वीरेन्द्रचौक–पीपलचौतरा, च्याम्बर मार्ग–एमाले पार्टी कार्यालय, गोदाम लाईन र प्रधान स्टोरपछाडीका सडक शनिहल लाईन ७० प्रतिशत क्षेत्रफल खाली गर्न लगाउने योजना छन् ।

परिषद्मा आर्थिक वर्ष २०७३/०७४ का लागि संशोधितसहित ३१ करोड ८१ लाख ३१ हजार ९६० रुपैयाँ बजेट रहेको  कार्यकारी अधिकृत आचार्यले जानकारी दिए । उनले आगामी आर्थिक वर्ष २०७४।०७५ का लागि नगरपालिकाको कुल ३० करोड १३ लाख २७ हजार २०६ रुपैयाँ प्रस्ताव गरिएको बताए ।