☰ open Loading... 17 May 2024|  

८ महिनादेखि बगरमा पढ्दै विद्यार्थी
  | १ माघ २०७३, शनिबार ०८:५४

जाजरकोट । जााजरकोटको लहँ–४ पीपलचौरमा रहेको जनता प्राथमिक विद्यालयका विद्यार्थी ८ महिनादेखि खोलाको बगरमा बसेर पढ्न बाध्य भएका छन् ।

jajrkot student

गएको असारको बाढीपहिरोले विद्यालय भवन बगाएपछि विद्यार्थी खुला बगरमा बसेर पढ्न बाध्य भएका हुन् ।

बाढीले विद्यालयका दुई भवन बगाएपछि भवन नभएकोले बगरमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले जानकारी दिए ।

खोला किनारमा विद्यार्थी राख्नुको विकल्प नभएकाले चिसो बढ्दा र पानी पर्दा पठनपाठन बन्द गर्ने गरिएको उहाँको भनाई छ । गाउँलेले बगर छेउमा टहरा बनाइदिएका छन् । तर त्यसमा सबै विद्यार्थी अटाउँदैनन् । सबै विद्यार्थी एकै ठाउँ राखेर पढाउनुपर्ने भएकाले हल्ला हुन्छ ।

बाढीले चर्पी तथा खानेपानी ट्यांकीसमेत बगाएपछि विद्यार्थीलाई थप समस्या भएको छ । विद्यालयमा ५ कक्षासम्म पढाइ हुने गरेको छ । बाढीले बगाएको विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय तथा अन्य संघसंस्थामा अनुरोध गर्दा कतैबाट सुनुवाई नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।