☰ open Loading... 3 May 2024|  

सरसफाइमा विद्यार्थी
  | २ माघ २०७३, आईतवार १८:३९

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी, बाँकेद्वारा सञ्चालित ‘सहरी सरसफाइ तथा फोहर व्यवस्थापन परियोजना’ विद्यालय र मदरसामा सञ्चालित परियोजना अन्तर्गत तरल तथा ठोस फोहर र मानव मलमूत्र व्यवस्थापनमा विद्यार्थीबाट चेतना फैलाउने काम भइरहेको छ ।

स्वीस रेडक्रस, नेपालगन्ज नगरपालिका कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयलाई साझेदार निकायका रुपमा समेटिएको रेडक्रस बाँकेका प्रमुख निरञ्जना मल्लले बताए ।

परियोजना कार्यक्रम अन्तर्गत विद्यालयमा शौचालय मर्मत, नयाँ शौचालय निर्माण, विद्यार्थीलाई हाइजिन किट्स वितरण, समूहगत छलफल, समुदायसँग अन्तक्र्रिया गराउनुलगायत क्रियाकलाप गराउने गरिएकोे छ ।

सो परियोजना नेपालगन्ज नगरलाई स्वच्छ तथा सुन्दर बनाउन कोसेढुङ्गा साबित भएको छ । वडास्तरीय रुपमा समुदायमा परियोजना सञ्चालन गरिएकामा त्यसले नेपालगन्ज सहरलाई फोहरमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

समुदाय आधारित परियोजना सक्नुअघि समुदाय स्वयंले फोहर व्यवस्थापन गर्न १३ थान फोहर सङ्कलन ट्रली पनि सञ्चालनमा रहेको छ । परियोजना सञ्चालनमा आएपछि अत्यन्त फोहर सहर भनेर चिनिने नेपालगन्ज नगर क्षेत्रलाई सफासुग्घर राख्न अहिले विद्यार्थी र समुदायको सहभागिता बढेको पाइएको छ ।