☰ open Loading... 3 November 2024|  

सवारी दुर्घटनामा ५७ जनाको मृत्यु
  | २ माघ २०७३, आईतवार १८:५१

कैलाली । चालु आर्थिक बर्ष २०७३-०७४ को ६ महिनामा सुदूरपश्चिमका बिभिन्न ठाउँमा भएका ९१ सवारी दुर्घटना परि ५७ जनाले ज्यान गुमाएका छन् ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार साउन महिना देखीको पुस मसान्त सम्म ५७ जनाको दुर्घटनामा परि ज्यान गएको हो ।

आर्थिक बर्षको पहिलो महिना साउनमा आठ वटा सवारी दुर्घटनामा परि आठ जनाले नै ज्यान गुमाएका छन् भने भदौमा १२ वटा सवारी दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

त्यस्तै असोज महिनामा २० वटा सवारी दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएका थिए । त्यस्तै कात्तिकमा १९ वटा दुर्घटनामा परि ११ जनाको ज्यान गएको थियो । यस्तै मंसिरमा १८ वटा सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएको र पुस महिनामा १४ वटा सवारी दुर्घटनामा परि सात जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।

यस्तै सुदूरपश्चिमका बिभिन्न ठाउँमा भएका ९१ दुर्घटना परि ६ महिनामा एक सय १८ जना व्यक्ति गम्भिर घाईते भएको छन् भने ८७ जना सामान्य घाईते भएका छन् । ६ महिनामा एक सय २६ वटा सवारी साधनहरु दुर्घटनामा संलग्न रहेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै सुदूरपश्चिममा ६ महिनाको अबधीमा तीन हजार दुई सय २५ वटा सवारी साधनहरु कार्वाहीमा परेको छन् । कार्वाहीमा परेका सवारी साधनबाट दुई लाख सात हजार पाँच सय राजश्व संकलन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।